नयाँ बर्षकाे उपलक्ष्यमा जनसेवा साकाेसले गर्याे रक्तदान कार्यक्रम

२७ चैत्र २०८०, मंगलवार

 

 

 

 

पाेखरा।कास्कीको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ बर्ष २०८१काे अवसरमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ।

रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको साकाेसका ब्यबस्थापक प्रेमसागर अधिकारीले जानकारी दिनुभयो ।

युवा उपसमिति जनसेवा साकाेसकाे व्यवस्थापन एवम् रक्त संचार केन्द्रकाे प्राविधिक सहयोगमा कार्यक्रम भएको हाे।

रगतकै अभावले कोही पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरिएको ब्यबस्थापक  अधिकारीले जानकारी दिनुभयो । ।

 

मंगलबार भारती भवन माविको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा साकाेसका शेयर सदस्य ,प्राकृतिक स्राेत व्यवस्थापन कलेज पुरुन्चाैरका कर्मचारी ,भारती भवन माविका शिक्षक,विद्यार्थी ,स्थानीय वासिन्दा लगायतकाे सहभागीता रहेको थियाे।

२०५० सालमा स्थापना भएको  जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  बचत तथा ऋणका कामसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु गर्दै आएकाे छ।

 

 

Leave a Reply