छन्द बचाऊँ वाचनकला पुरस्कारबाट छन्द कविता वाचक तथा कवि शिव त्रिपाठी पुरस्कृत

८ बैशाख २०८१, शनिबार

 

 

पाेखरा।   माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा स्थापित छन्द बचाऊँ वाचनकला पुरस्कार छन्द दिवस २०८१ का सन्दर्भमा छन्द कविता वाचक तथा कवि शिव त्रिपाठीलाई प्रदान गरिएको छ।

शनिबार माधव वियाेगी वाङ्ममय प्रतिष्ठान नेपालले पाेखरामा आयोजना गरेको बिशेष कवि गाेष्ठी ,छन्दबारे चर्चा एवम् पुरस्कार वितरण समारोहमा शिक्षाविद् पीताम्बर नेपालीले त्रिपाठीलाई नगद रु  १५ हजार सहित दाेसल्ला र सम्मान पत्र प्रदान गर्नुभयो ।

 

पाेखरा -२५ हेमजा निवासी त्रिपाठी पाेखरा लामाचाैंर स्थित पश्चिमाञ्चल क्याम्पसका उपप्राध्यापक समेत हुनुहुन्छ ।त्रिपाठी यो  पुरस्कार पाउने पहिलो व्यक्ति हुनुहुन्छ ।

 

कार्यक्रममा वाेल्दै प्रमुख अतिथि साहित्यकार एवम् शिक्षाविद् पीताम्बर नेपालीले नेपाली साहित्यमा छन्दमा आएकाे संकटलाई बचाउन छन्द नायक माधब वियोगीले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयाे।छन्दले कवितालाई लयबद्ध र स्वादिष्ट पार्ने उल्लेख गर्दैं  उहाँले नयाँ छन्दकाे उत्पादन र पुराना छन्दकाे विलयलाई संरक्षण गर्न माधव वियागी प्रतिष्ठान जस्ता संस्थाले काम गर्नुपर्ने बताउनुभयो ।

 

छन्द बचाऊँ अभियानका संचालक माधव वियाेगीले छन्द बचाऊँ अभियान -२०५३ ले बैशाख ८ गतेलाई छन्द दिवसका रुपमा स्थापित गरेको जानकारी दिदैं उहाँले भन्नुभयाे ,”कवितामा छन्दकाे प्रयाेग हराँउदै गएकाले उत्पन्न भएको विसङ्गतिका कारण जुन निराशा थियाे ,आज त्याे लगभग अन्त्य भएको छ।”

नेपाली कवितामा छन्द युगको सुरुवात भएको भन्दै छन्द दिवस सारा नेपालीकाे साझा पर्व भएको उहाँको भनाइ थियाे।

छन्द कविता वाचक तथा कवि शिव त्रिपाठीले पुरस्कारले आफुलाई साहित्यका क्षेत्रमा थप जिम्मेवार बन्नका लागि प्रेरणा मिलेको बताउनुभयो ।

 

 

कार्यक्रममा वरिष्ठ लाेक गायिका प्राज्ञ हरिदेवी काेईराला,पाेखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल ,  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, वालन एवम् कला प्रतिष्ठानका कार्यवाहक अध्यक्ष विष्णुबन्धु पाेखरेल लगायतले बाेल्नु भएकाे िथयाे ।

कार्यक्रममा डा.जगन्नाथ रेग्मीले छन्दका विषयमा चर्चा गर्नुभएको थियाे।

 

माधब वियाेगी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका संरक्षक सरिता घिमिरेले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन प्रतिष्ठानका काेषाध्यक्ष छन्दिका घिमिरेले गर्नुभएको थियाे।

कार्यक्रममा विभिन्न साहित्यकारहरुले छन्दमा कविता बाचन समेत गर्नुभएको थियाे।

 

Leave a Reply