हिमचुली मार्ग आमा समुह  पाेखरा -३० काे उद्घाेषण कला तालिम सुरु

१६ बैशाख २०८१, आईतवार

 

 

पाेखरा। हिमचुली मार्ग आमा समुह पाेखरा -३० काे आयोजनामा पाँच दिने उद्घाेषण कला तालिम शनिबारदेखि सुरु भएको छ।

 

तालिमको उद्घाटन गर्दै पाेखरा -३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले वडाकाे समग्र विकासमा आमा समुहको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।

वडाले भाैतिक विकासका साथै मानवीय बिकासका कार्यक्रमहरुलाई पनि प्राथमिकता राखेर काम गर्दै आएकाे उहाँको भनाइँ थियोे ।

 

कृषक र उपभोक्ता वीचकाे दुरि बढाउने काम विचाैलियाले गरेको भन्दै आगामी साउन /भदाैवाट हाट बजार संचालन गर्ने तयारी गरेको समेत उहाँले कार्यक्रममा जानकारी गराउँनुभयाे।

 

कार्यक्रममा बाेल्दैं पाेखरा -३० का वडा सदस्य बिनाेद प्रसाद लामिछानेले महिलाको क्षमता अभिवृद्धिका लागि वडा कार्यलयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकाे जानकारी गराउदै वडाका विभिन्न समितिकाे नेतृत्व लिनका लागि महिला तयार गर्ने उदेश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

 

पाेखरा -३० का वडा सदस्य उमा परियारले महिलाको हक अधिकारकाे सहजिकरणका लागि आफू सधैं लागिपरेको बताउनुभयो ।

 

हिमचुली मार्ग आमा समुहका अध्यक्ष गाेमा अर्यालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी भाेजराज तिवारी ,काशीनाथ ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।

 

तालिमकाे प्रमुख प्रशिक्षकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी रहनुभएकाे छ।

हिमचुली मार्ग आमा समुहका उपाध्यक्ष पुर्णिामा अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको  कार्यक्रमकाे संचालन सचिव लक्ष्मी शर्माले गर्नुभएको थियाे।

तालिममा हिमचुली मार्ग आमा समुहका ३० जनाकाे सहभागीता रहेको छ।

 

 

 

 

Leave a Reply