वियाेगीलाई श्रीलाेचन पुरस्कार

३० बैशाख २०८१, आईतवार

पाेखरा  ।  छन्द बचाऊँ अभियानका नायक माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ ।

सुदूर पश्चिमान्चल साहित्य समाज धनगढीद्वारा संचालित साे पुरस्कार छन्दाेबध्द कविताकाे पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा याेगदान दिए बापत प्रदान गर्न लागिएकाे हाे ।

अाज गरिएकाे घाेषणा अनुसार समाजद्वारा अन्य स्रष्टाहरू पनि सम्मानित हुने भएका छन् । छन्दनायक वियाेगी विगत दिनमा धनगढीमा रहेर प्राध्यापन पेशामा संलग्न भई छन्दका कार्यक्रम संचालन गरेका थिए ।

पाेखरेली स्रष्टा वियाेगी यस अघि धनगढीबाटै जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट विभूषित भएका थिए । छन्द विश्वविद्यालय स्थापनार्थ हाल सक्रिय रहेका वियाेगीका ८ महाकाव्यसहित् ३४ कृति प्रकाशित छन् ।

उनी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख पनि हुन् ।

Leave a Reply