संगम सहकारीको स्थापना दिवस

0
64

पोखरा , संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औं स्थापना दिवसमा विभिन्न बिधामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गर्दै बिस्तारित मञ्च र स्वस्थ्य सचेतनाको समेत कार्यक्रम जोडेर मनाएको छ । विभिन्न बिधाका उत्कृष्ट पाँच सदस्यलाई प्रशंसा पत्र र सर्वोत्कृष्ट हुने सदस्यलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । यसरी सर्वोत्कृष्ट भइ सम्मानित हुनेहरू दीर्घकालीन बचतमा सम्झना पौडेल गौतम , जेष्ठ सदस्य बचतमा श्याम कुमार कुँवर , दैनिक बचतमा पदमराज लम्साल , बाल बचतमा जेशन बिश्वकर्मा , ऋण कारोबारीमा रुकमाया कुँवर र सुझावकर्तामा हरिहर पराजुली रहेका छन् । यसैगरी यस वर्षको उत्कृष्ट संचालक धनराज पुरी , उत्कृष्ट उपसमिति संयोजक/सदस्य तिलक थापा र उत्कृष्ट कर्मचारी धनमाया दुरा भए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका लेखा समिति सदस्य एवं १५ नम्बर वडा सदस्य बलराम पौडेलले सम्मानित सबैलाई बधाई दिदै संगम सहकारी वडा नम्बर १५ कै गर्व गर्न लायक संस्था भएको बताए । यस सहकारीले गरेका विभिन्न सामाजिक उत्तरदायित्वका कामबारे आफू पनि जानकार रहेको बताउदै निति बिधि र प्रबिधिमा चलेको संस्था भएकोले विषम परिस्थितिमा पनि ढुक्कसँग अघि बढ्न सक्ने कुरामा आफू बिश्वस्त रहेको बताए । लेखा संयोजक भोविन्द्र गिरीले संस्थाको सबै कामहरु पारदर्शी भएकोमा खुसी व्यक्त गरे । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका एसोसियट प्रोफेसर तथा दुखाइ रोग विशेषज्ञ डाक्टर हरि पौडेलले दुखाई रोग हो र यसको उपचार हुन्छ भन्ने सबैले बुझ्न जरुरी छ भन्दै समस्या भएकाहरुले बेलैमा चिकित्सकको परामर्श लिन अनुरोध गरे । नबराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा निरज थापा , बुद्धिमान थापा , धनराज पुरी , बृहस्पति अधिकारी , खडानन्द तिमिल्सिना , संगिता केसी र हरिहर पराजुलीले शुभकामना दिएका थिए ।