संस्कृत वाङ्मयलाई बचाउन छन्द विश्वविद्यालय स्थापनाकाे कसरतमा छु – छन्दनायक वियाेगी

४ जेष्ठ २०८१, शुक्रबार

छन्दनायक माधव वियाेगी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख एवम् वर्तमान सहप्राध्यापक हुनुहुन्छ र जाे ८ महाकाव्यसहित् ३३ कृतिका स्रष्टा, तथा छन्द बचाऊँ अभियान-२०५३ र महाकाव्यलेखन अभियान-२०६० का संचालक पनि हुनुहुन्छ । थुप्रै पुरस्कार तथा सम्मानबाट सुशाेभित हुनुभएका र हाल छन्द विश्वविद्यालय स्थापनाका लागि क्रियाशील उहाँसँग पाेखरा पाेष्टका संचालक एवम् सम्पादक सरिता तिम्सिना पंगेनीले गरेकाे कुराकानी :

छन्दनायकज्यू,नमस्कार अारामै हुनुहुन्छ ?

हजुर नमस्कार, अारामै भन्नुपर्छ,चलायमान हुन सकेकाे छु ।

साहित्यमा कहिलेदेखि लाग्नुभयाे र प्रेरणा काेबाट कसरी प्राप्त भयाे ?

मेराे साहित्यलेखन २०३४ सालदेखि शुरू भएकाे हाे । त्यस बेलामा म १४/१५ वर्षकाे थिएँ । मैले लेखेकाे पहिलाे कविताकाे शीर्षक अाषाढ हाे जाे साे सालकाे असार १५ गते लेखेकाे थिएँ । शार्दूलविक्रीडित लयकाे साे कविताकाे परिमार्जन २०४१ सालमा भयाे । प्रेरणाका बारेमा कुरा गर्दा म प्राकृतिक साैन्दर्यले परिपूर्ण कविशिराेमणि लेखनाथकाे जन्मस्थल निकट जन्मेकाे मान्छे हुँ । या भनाैं उनकाे जन्म गाउँकाे मूलबाट ल्याइएकाे पानी पिएकाे हुँ मैले । जहाँ सात अाेटा ताल अद्यापि छन् ।पहिलाे प्रभाव त अासपासकाे प्राकृतिक वातावरण र लेखनाथकाे प्रभाव हाे भने दाेस्राे प्रभाव घरकाे आर्थिक पक्ष कमजाेर भएका कारण समयमा पढ्न नपाउनु तथा अनेकन समस्याले जेलिदै गाेठालाे बन्नुपर्ने बाध्यता हाे । प्रेरणाका सन्दर्भमा राष्ट्रकवि माधव घिमिरे र कविरत्न मुकुन्दशरण उपाध्यायलाई पनि सम्झन चाहान्छु जसका कविताबाट म कलेजमा पढाउँछु,घर व्यवहार गर्नुपर्छ ,अनेकन समस्याले जेलिएकाे छु ।

स्वास्थ्यले लेखनमा बाधा पारेकाे छ?

स्वास्थ्य अनेक राेगले क्षतविक्षत छ ,परिस्थिति मिलाएर लेख्न बस्नुपर्छ । युवा छदाँ नित्य १२/१३ घण्टा पनि लेखें । २/३ महिनामै महाकाव्य तयार हुन्थे र छाप्थें पनि । अहिले त्याे रहरलाग्दाे अवस्थामा म छैन । मसँग अनेक समस्या पनि छन् । मलाई लेख्न इच्छा भए र वातावरण मिले जुनसुकै समयमा पनि लेख्छुअझै पनि । छन्दकविता लेखन नै मेराे जीवनकाे मूल विषय हाे फुटकर कविता,खण्डकाव्य,महाकाव्य नै लेख्छु,त्यसाे त निबन्ध,,अाख्यान,गजल,मुक्तकमा पनि म जागरुक छु । गतिविधि कमजाेर त छ तर द्रुत छैन । छन्द अभियानले पनि लेखनमा बाधा पारेकाे छ ।

 

वर्तमान लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?

के सन्तुष्टि के असन्तुष्टि खै ? लेखनकाे भाेक लागिरहन्छ । सपना पनि लेखनकै हुन्छ । सन्तुष्टिकाे सीमा हुँदैन रहेछ,सन्तुष्टि सीमामा बाँधियाे भने चाहना पनि कमजाेर बन्छ भन्ने लाग्छ । र पनि मैले जे जति गरें त्याे संघर्षले नै गरें,गरे जतिमा सन्तुष्ट भएकै छु । नाना साेच ल्याएर कार्यान्वयन गर्न मन लाग्छ । जीवित नायककाे पनि महाकाव्य बन्छ भन्ने साेच ल्याएँ र लेखें पनि । महाकाव्यलेखन कमजाेर भयाे अान्दालन नै गरें, अहिले महाकाव्यका पाठक बढेका छन्,धेरै महाकाव्य लेखिएका छन् । म अाफैले हरेक वर्ष महाकाव्य लेख्ने घाेषणा गरें र लेखें पनि । छन्द मर्न लाग्याे भनेर बचाउन अान्दाेलन गरें ,छन्द बाँच्याे,वाचनकाे परम्परा हुर्कंदै छ, सरकारले छन्द दिवस ताेकेकाे छ । मेराे रथाराेहणसहित अभिनन्दन भयाे,पुरस्कार पाएकै छु,कृतिकाे चर्चा भई नै रहन्छ । अब भन्नाेस् जब मेरा प्रयत्नले राष्ट्र्ले केही पाएकाे छ र म स्वयम्ले पनि केही पाएकाे छु भने अब मैले हालसम्मका काममा सन्तुष्ट छु भन्न त मिल्याे नि ! कुनै नयाँ कृतिकाे तयारीमा हुनुहुन्छ कि ? मैले अघिनै संकेत गरेकाे छु क मैले लेखन कार्यलाई निरन्तरता दिई रहेकाे छु । म के लेख्दैछु भन्ने कसैलाई थाहा हुँदैन ,मैले त्यसबारे कैल्यै कसैलाई भन्ने गरेकाे छैन र यहाँ पनि भन्दिनँ । त्याे किन भने यस्ताे लेख्दैछु उस्ताे लेख्दैछु भन्दा त्याे कृति पूरा हुन्छ कि हुँदैन,छापिन्छ कि छापिन्न,पछि कसैले छापियाे ? लेखेर सकियाे ? भन्दा के जवाफ दिने ।अर्काे कुरा अगाडि नै विषय भन्दा त्यसप्रकारकाे लेखन कार्य अाफूले प्रकाशमा नल्याउँदै अरूबाट प्रकाशित हुन पनि सक्छ हजुर । मैले अप्रकाशित कृतिकाे नामाेल्लेख गर्न पनि छाडेकाे छु । नयाँ कृति भने सिर्जिएकै छु,सिर्जिरहने छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रकाे कस्ताे जिम्मेवारी रहन्छ जस्ताे लाग्छ ?

साहित्य र स्रष्टाप्रति राष्ट्रकाे जिम्मेवारी गहन र प्रभावकारी हुनुपर्छ रतर त्यसप्रकारकाे जिम्मृवारी राष्ट्र वा राज्यले गरेकाे पाइन्न । साहित्य जनचेतनाकाे अभिबृध्दि गर्ने महत्वपूर्ण साधन हाे भन्ने रज्यले बुझ्न सकेकाे छैन । राज्यका दृष्टिमा साहित्य अझै पनि अनुत्पादक क्षेत्र बनेकाे छ । जबसम्म साहित्यलाई राज्यले उत्पादनमूलक क्षेत्र मान्दैन तबसम्म स्रष्टाहरू बलिया र सम्पन्न हुँदैनन् र राज्यले स्रष्टाबाट केही पाउन्न । राजनीतिलाई बलियाे र फूटनीतिलाई कमजाेर पार्न साहित्यकै भूमिका रहन्छ । स्रष्टाहरूकाे धनी देश भएर पनि राज्यले तिनलाई नचिन्दा देशै कमजाेर बनेकाे अवस्था छ । बरू स्रष्टाहरूलाई समेत अनेक प्रलाेभनमा पारेर वा नाना पदकाे अाश देखाएर अनफणना दलमा हुल्ने काम भएकाे छ । स्रष्टाहरू त्यसतर्फ उन्मुख हुन बाध्य भएका छन् ,प्रज्ञा प्रतिष्ठानलगायतका संस्थाका नियुक्तिबाट पनि साे प्रष्ट हुन्छ । देशकाे साँचणचै विकास गर्ने हाे भने राज्यले स्रस्टा र साहित्यलाई साथै लिएर हिड्नुपर्छ ,राष्ट्र निर्माणमा राजनीतिमा हाेइन ।

तपाईंकाे साहित्यिक आदर्श के हाे ?

 

मेराे साहित्यिक अादर्श काव्य संस्कृतिकाे रक्षा बिना साहित्यकाे वास्तविक विकनास संभव छैन भन्ने नै हाे जाे वर्तमान लेखन पध्दति र चलनसँग मेल खाँद‌ैन । म छन्दलाई काव्य संस्कृतिका रूपमा मान्छु ।कसन विधाकाे जन्म कसरी भयाे र कुन प्रयाेजनका लागि साे विधा आएकाे हाे त्यसलाई मनन गरी लेखिनुपर्छ । प्रारम्भिक चरणमा कविता वा लयात्मक विधाकाे जन्म भएकाे तथ्य अब नयाँ हाेइन । कविताकै जन्मले अन्य विधाहरू क्रमश: रचिदै अाएकाे भन्नेमा म विश्वस्त छु । छन्द नै साहित्यकाे अामा भएकाे तर्क मैले गरेकाे छु । निबन्धलाई लामा छाेटा हरफमा राखी कविताकाव्य बनाउने, महाकाव्यलाई छाेट्याएर खण्डकाव्य बनाउने, लेख,समाचार आदिलाई निबन्ध मान्ने, तथा संवाद हुँद‌ैमा आख्यान मान्ने जुन परम्परा हावी भएकाे छ म त्यसलाई मान्दिनँ । हरृक विधाका अाफ्नै संस्कृति तथा लेखन संस्कार छन् त्यसलाई त्याग्दा नै विकृति माैलाउने हाे । नयाँ विधामा पनि त्यस्तै विकृति माैलाएकाे पाइन्छ । नयाँ छन्दकाे निर्माण पनि अन्जानमा आएकाे विकृति नै हाे । तसर्थ आदर्श भनेकाे यदि नयाँपन वा अरू भन्दा फरक हाे भने मेराे साहित्यिक आदर्श काव्य संस्कृतिकाे रक्षा नै हाे ।

 

वर्तमानमा नेपाली लेखकले आफ्नाे दायित्व बहन गरिरहेका छन् त ? तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

केही हदसम्म त लेखकले आफ्नाे दायित्व पूरा गरेकै मान्नुपर्छ तर समग्रमा हेर्ने भने दायित्व निर्वाहकाे काम निकै कमजाेर अवस्थामा छ । दायित्व र कर्तव्य सँगै लैजान सक्नुपर्छ । कर्तव्य नै नगर्नेले दायित्व पूरा गर्छ भन्न सकिन्न । मलाई के लाग्छ भने कर्तव्य गर्नै पर्ने काम हाे भने दायित्व तिर्नुपर्ने ऋण जस्तै हाे,जिम्मेवारी हाे । नेपाली लेखककाे अाफ्नै किसिमकाे दायित्व छ । जनभावना बुझेर देशका समस्याप्रति सचेत रही प्रेरणादायी साहित्य सिर्जनु पर्छ । काव्य संस्कृतिमा आँच आउने सिर्जनालाई निस्तेज पा्दै लग्नुपर्छ,अाफ्नाे सिर्जनाले कमसेकम धेरैलाई सुधारात्मक बाटाेमा लैजाआेस् वा सकारात्मक साेचतर्फ उन्मुख पाराेस् भन्ने साेच राखेर साहित्य लेख्नुपर्छ । रचना पढेर गरीले धनी बन्ने उपाय सिकाेस्, चाेरले चाेर्न छाडाेस् ,नेता वा जाे सुकैले भ्रष्ट प्रवृत्ति त्यागून्,देशभक्तिकाे भावना उच्च हाेस् इत्यादितर्फ पनि लेखककाे ध्यान जानू जरूरी छ । यसाे भए मात्र दायित्व निर्वाह गरेकाे ठहरिन्छ । तर अहिलेका लेखाइ पुरस्कार र सम्मानका लागि अधिक मात्रामा लेखिन्छ । छन्द बचाऊँ अभियान-२०५३ काे घाेषणापत्र नै छन्दकाे मानक र छन्द विज्ञानकाे अाधारका रूपमा देखापर्नु मेरा लागि थप खुसीकाे कुरा हाे । जहाँसम्म मेराे सन्तुष्टिकाे कुरा छ अाफ्नाे दायित्व धेरै हदसम्म पूरा गरेकाले म सन्तुष्ट छ । काव्य वा साहित्यमा देखा परेका विकृति राेक्न र गुणस्तर बढाउन मैले संचालन गरेका छन्द बचाऊँ अभियान-२०५३ र महाकाव्यलेखन अभियान-२०६० नै मैले भाषासाहित्य र राष्ट्र्प्रति पूरा गरेकाे दायित्व हाे । त्यस्तै मैले जनभावना बुझेरै कृति सिर्जना गर्ने र छाप्ने काम गरेकाे छु,सकेसम्म सकारात्मक साेच प्रवाह हुने खालका अाफ्ना सिर्जना भएकाेमा म विश्वस्त छु

यहाँद्वारा संचालित छन्द बचाऊँ अभियानका बारेमा केही बताई दिनुहाेस् न ?

मलाई साेधी दिए हुन्थ्याे भन्ठानेकाे प्रश्न हाे याे जसमा मैले अाफ्नाे तन,मन र धन समेत अर्पण गरेकाे छु । भाषा,साहित्य,कला र संस्कृतिलाई उच्च मानवीय अादर्शकाे रूपमा अनुशरण नगरेसम्म राष्ट्रकाे समग्र र दीगाे भाैतिक तथा मानवीय उन्नति संभव छैन । हाम्रा साँस्कृतिक मूल्य, मान्यता र अादर्श दिनपरदिन खिइँदै गएका छन् । साहित्यमा विशेष गरी कवितामा छन्दकाे प्रयाेग हराउँदै गएकाले विसङ्गति देखा परेकाे छ । काव्यसंस्कृतिकाे रूपमा रहेकाे छन्दलाई जाेगाउन र यसकाे उच्च मूल्यलाई व्यापक तुल्याउन अाजका बाल र युवा पिंढीलाई सजग र सचेत पारी छन्दलाई एकादेशकाे कथा हुन दिनबाट राेक्न,गद्यलाई कविता मान्ने प्रचलनकाे अन्त्य गर्न,मर्यादित,शिष्ट एवम् अनुशासित तबरलेे कविता लेख्नेतर्फ सबैलाई उन्मुख गराउन,छन्दलाई जीवनशैलीका रूपमा अवलम्बन गर्न र साहित्यिक संस्था र यससँग सम्बन्धित सबै पक्ष तथा सरकारलाई समेत साहित्यिक मर्यादा भङ्ग हुनदिनबाट राेक्न पाइला चाल्ने बनाउन राष्ट्रव्यापी अान्दाेलनकाे रूपमा `छन्द बचाऊँ अभियान-२०५३´काे संचालन भएकाे हाे । हाल अभियान सफल बनेकाे तथ्यकाे संकेत मैले माथि नै गरिसकेकाे छु । अभियानका गतिविधि झल्कने ग्रन्थ बजारमा अाइसकेकाे छ भने आज अभियान िब‌काे साझा अभियान बनेकाे छ । मैले २०४० काे दशकारम्भमै छन्दप्रशिक्षण दिएर आन्दाेलनकाे पूर्वाधार, खडा गरी छन्दकाे दुरावस्था राेक्न शुरु गरेकाे याे अभियान अन्तर्गत मैले राखेकाे प्रस्तावलाई सरकारले व‌ैशाख ८ गतेलाई छन्ददिवसकाे मान्यता दिएकाे छ भने छन्दमा कविता रचना र वाचनकाे लहरै अाएकाे छ ।छन्दमा लेख्ने र वाचन गर्नेकाे शिर ठाडाे भएकाे छ ।

महाकाव्यलेखन अभियान-२०६० किन ?

महाकाव्यलेखन अभियान- २०६० वास्तवमा छन्द बचाऊँ अभियान २०५३ काे पुरक अभियानका रूपमा भएकाे भएपनि यसले नेपाली साहित्यमा छुट्टै पहिचान बनाएकाे छ । यस अभियानकाे मूल उद्देश्य महाकाव्यका पाठक प्रशस्त छन् र महाकाव्यकाे युग समाप्त भएकाे छैन भन्ने देखाउनु हाे । महाकाव्यका पाठक छैनन्,अब महाकाव्य लेख्नु व्यर्थ छ भन्दै अफबाह फैलाउने काम तीब्र गतिमा भएकाले नै याे अभियान मबाट संचालन भएकाे हाे ।महाकाव्यलेखनमा पनि थुप्रै विकृति आएकाले त्यसलाई राेकी महाकाव्यकाे स्तर बृध्दि गर्नसमेत अावश्यक देखेर पनि याे अभियान शुरु भएकाे हाे । त्यस्तै गरी ४/५ सय श्लाेककुनै विषयमा आबध्द हुने बित्तिकै महाकाव्य भनी छाप्ने,छन्द प्रयाेग समेत नगरी गद्य श‌ैलीमा महाकाव्य लेख्नु , २०/२५ श्लाेका सर्ग तयार गर्नु ,जीवित नायककाे महाकाव्य नबन्ने तर्क राख्नु ,शास्त्रीय नियमकाे पालना नगर्नु लगायतका विकृतिकाे समेत अन्त्य हुनु पर्ने अावश्यकता भएकाले पनि याे अभियान संचालन गर्नु परेकाे हाे । मैले महाकाव्यलेखनमा समेत अाैपचारिक र अनाैपचारिक दुबै रूपमा प्रशिक्षण दिने गरेकाे छु । धिराेदात्त गुणयुक्त वा राष्ट्र् र समाजका लागि सन्देश बन्न सक्ने मृत वा जीवित नायक,कम्तीमा ८ सर्गकाे व्यवस्थापन, हरेक सर्गमा कम्तीमा एउटा पृथक छन्दकाे प्रयाेग,रस र अलङ्कारकाे समायाेजन लगायतका कुरा पनि उठाएकाे छु । यीमध्ये अधिकांश शास्त्रकै विधिविधान हुन् भने के ही मात्र मैले थप गरृकाे हुँ । महाकाव्य लेखक संघकाे अावश्यकता पनि घाेषणापत्रमा अाैंल्याइएकाे छ । म स्वयम्ले हरेक वर्ष महाकाव्य रचना गर्ने घाेषणा गरेकाे थिएँ । १५/१६ वर्षसम्म घाेषणा गरे अनुरूप काम भएपनि हाल स्वास्थ्यका कारण अप्ठेराे स्थिति आएकाे छ । देशमा महाकाव्यलेखनमा तीब्रता आएकाे छ एकातिर भने अर्काेतिर गुणस्तर पनि बढेकाे छ । अहिलेलाई यत्ति भनाैं ।

छन्द विश्वविद्यालय भनेर निकै प्रचार भयाे । त्यसमा के हुँदैछ ?

हाे, यति बेला म छन्द विश्वविद्यालय स्थापनाकाे दाैडमा छु । याे छन्द बचाऊँ अभियान-२०५३ अन्तर्गतकै काम हाे । नेपाल सरकारमा त्यसबारे प्रस्ताव पेश भैसकेकाे छ ,अन्य सम्बन्धित निकायमा पनि जानकारी दिइएकाे छ तर जवाफ केही अाएकाे छैन । हाल छन्द विश्वविद्यालय भनिएपनि त्यसमा पिङ्गल नाम जाेडिन पनि सक्छ । हजाराैंकाे संख्यामा रहेका छन्दलाई अब विश्वविद्यनलयबाटै छुट्टै पढाउन आवश्यक देखिएकाले साे कार्यलाई अघि बढाइएकाे हाे । छन्दप्रशिक्षण केन्द्रकाे संचालनत मैलै अाफ्नै निवासमा गरेकाे छु । छन्द सिकाउने काम त धेरै संस्थाले सामाजिक सनणजनरालमार्फत् गरेकै छन् तर विश्वविद्यालयकाे प्रकृति छुट्टै हुन्छ ,छन्द मात्र सिकिने हुँदा कविताका दृष्टिले नेपाल एक महासागर‌ हुनेछ । धेरै छन्दशास्त्री र छन्दकविले मीठाे राेजगारी पाउनेछन् । अर्काे कुरा वैशाख ८ गतेकाे छन्ददिवस विश्वभर मनाउन र हरेक देशमा छन्द विश्ववविद्यालय स्थापनाका लागि अाग्रह गर्दै संयुक्त राष्ट्र् संघ लगायत केही देशमा पत्राचार समेत म स्वयम्ले गरेकाे छु । लाग्छ कुनै दिन याे कार्य सम्पन्न हुनेछ ।

वर्तमान साहित्त्यिक वातावणबारे तपाईंकाे भनाइ के छ ?

साहित्य लेखनकार्य द्रुत गतिमैे भएकाे छ । झट्ट हेर्दा वातावरण प्रतिकूल त भन्न मिल्दैन । तर लेखन कमजाेर जस्ताे छ,कव्यंस्कृतिप्रति अनास्था गरी मनपरी ढङ्गले लेखिएकाे छ । भनाैं अस्वस्थ प्रतिस्पर्धा छ । माेतीराम भट्टजस्ता गुणकारी स्रष्टा खै ? माध्यमिक कालमा जन्मेका र अाधुनिक काल अाएपछि पनि जीवित रहेका केही स्रष्टाबाहेक अन्यमा स्वच्छता र पवित्रता लेखनका सम्बन्धमा पाइँदैन । कमजाेरै भएपनि धेरै कृति छाप्ने हाेडबाजी पनित्यत्तिकै छ । हिजाे पुरस्कार त्यति थिएन्,अाज सयाैंकाे संख्यामा पुरस्कार छन्,जे जसरी पाएपनि स्रष्टाले नै पाएका छन् । सरकारले पनि पुरस्कार बाँड्छ । साहित्यमा नयाँ विधा भित्रिएका छन् ,तर तिनकाे अाधिकारिकता संकटमा छ । नमीठाेभित्र मीठाे र विकृतिभित्र विकास त भएकै छ ।हिजाे स्रष्टाहरू साधन सम्पन्न थिएनन् अाज साधन सम्पन्न छन् । यत्ति हाे कि हिजाेेकाे जस्ताे आेजिलाे साहित्य अहिले लेखिएकाे छैन,हिजाेकै कृतिका कुरा विस्तार भएका छन् लेखाइमा । यसकाे तात्पर्य अहिले नयाँ विषयमा लेखिन्न भन्ने हाेइन ।

तपाईकाे विचारमा कस्ताे साहित्य लेखिनुपर्छ ?

मैले अघिल्ला प्रश्नका उत्तरमा केही आसय यस सम्बन्धमा भनेकै छु । साहित्य लाेकाेपकारी लेखिनुपर्छ समाजलाई प्रगतिकाे बाटाेमा लम्काउने खालकाे । न‌ैतिक चेतनाकाे अभिबृध्दि हुने,नकारात्मकताले स्थान नपाउने,राष्ट्रियता र देशप्रेमकाे भावना जागृत हुने, इतिहासकाे सम्मान हुने ,कर्मशील बन्न प्रेरित गर्ने,आजकाे विज्ञान र प्रविधिकाे अाैचित्य दर्शाउने लगायतका सन्देश दिने खालकाे साहित्य लेखिनु पर्छ । सत्यमेव जयतेतर्फ पनि ध्यान दिनुपर्छ वा लेख्नका लागि मात्र नभएर केही दिने साेचका साथ लेखिनुपर्छ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्ताे लाग्छ ?

कविलेखकलाई एउटै कुराले प्रेरणा दिएकाे हुँदैन । लेखक कुन परिवेश र कस्ताे अवस्थामा बाँचेकाे छ त्यसले पनि उसले पाउने प्रेरणामा प्रभाव पार्छ । मूलत : दुख्ख,समस्याले लेखक बनेका,असफल प्रेमका कारण लेखक बनेका, कसैका वचनका प्रभावले लेखक बनेकाअादि प्रसङ्ग पाइन्छन् । र पनि प्रतिभाकाे कुत्कुति लेखनका सम्बन्धमा महत्वपूर्ण हुन्छ । ऊ अाफैभित्रकाे चैतन्य लेखनप्रति जागरुक हुन सक्याे भने सच्चा साहित्यकाे जन्म त्यस‌ैले गराउँछ भन्ने मलाई लाग्छ । अरूका कृतिकाे अध्ययन, लेखकसँगकाे सरसङ्गत,वातावरण , उत्कृष्ट विद्याकाे प्राप्ति अादिले पनि व्यक्तिलाई लेखक बनाउँछ ,प्रतिभा मात्र लेखनका लागि सर्वाेपरी हाेइन जस्ताे लाग्छ । हिजाे अाज अभ्यास वा साधनाबाट पनि लेखक बनेका छन् धेरैजना । कतिपयका लागि लेखन संस्कारका रूपमा पनि माैलाएकाे पाइन्छ ।

के बध्यताले साहित्य लेखाउँछ ?
बाध्यता,रिस,अाबेग,ईर्षा,तामसपन,अानन्द,खुसी,प्रगति,चिन्ता अादिले साहित्य लेखाउँछन् । बाध्यता साहित्य लेखनकाे अनिवार्य शर्त हाेइन, बरू याे प्रेरणा दिने तत्व भने हुन सक्छ । कतिपय साहित्य साहित्यकारले बाध्य भएर लेखेकाे भने पाइन्छ । स्थितिले पनि लेख्न बाध्य पार्न सक्छ । कतिपय विषय जाे कस‌ैलाई प्रत्यक्ष रूपमा भन्न सकिन्न तर नभनी वा नअाेकली नहुने खालका हुन्छन् । ती विषयलाई कुन‌ै न कुन‌ै रूपमा लेख्न लेखक बाध्य हुन्छ । मेराे सन्दर्भमा पनि हुने त्यही हाे । मलाई लेख्नैपर्ने बाध्याता भावनाले कुत्कुत्यउँदा हुन्छ । अनेक समस्याले जेलिंदा,गाली खाँदा,अाफ‌ैले कसैलाई सताउँदा, अन्याय पर्दा,देश सङ्कटमा पर्दा,कतिपय विषयबाट असन्तुष्ट रहँदा,इच्छा बिरूध्द काम गर्नु पर्दा म लेख्न बाध्य हुन्छु । ऐपछि पनि यस्तै सन्दर्भमा लेख्ने हुँदा मैले यसलाई खासै बाध्यता भन्दा पनि प्रेरणाका रूपमा लिन्छु । एउटा कुरा भनिहालूँ म फुर्सदिलाे भएका बखतपनि प्रेरणात्मक बाध्यतामा पर्छु । दाेकान,चाेकतिर गएर गफ गर्ने,जुवातास खेल्ने, सबै प्यवहनर भन्ने,अनावश्यक घुमफिर गर्ने, बाझ्ने,जाँडरक्सी खाने जस्ता कार्य गरेर फुर्सदकाे उपयाेग गर्ने मेराे बानी नभएकाले पनि हुन सक्छ लेख्न बस्ने बाध्यता । फुर्सदकाे उपयाेग पनि । बाध्यतालाई साहित्यमा धेरै किसिमले हेर्न सकिन्छ ।
किन केही स्रष्टा दलकाे झण्डा बाेक्छन् । ? के साहित्यलाई राजनीति चाहिने नै हाे त ?
लेखकहरू दलविशेषमा अाबध्द भएनन् भने उनीहरू धेरै चिज प्राप्तिबाट बन्चित हुन्छन् । राज्य व्यवस्था यस्ताे बनेकाे छ कि सरकारकाे मान्छे नभै कुनै क्षेत्रकाे साधक पदमा पुग्न सक्दैन । दलले बाध्य पारेका छन् साहित्यकारलाई दलमा झुण्डिन । दलहरूकाे झण्डामनि बस्नेहरूकाे एक दिन पालाे आउने पनि निश्चित नै छ । सँगै लेखन कार्यमा लागेकाे साथी १/२ साना किताब लेखेर दलकाे झण्डामनि अाेत लागेकाले सरकारी नियुक्तिमा पर्दा सरकारी गाडीमा बसेर देश घुम्ने र टन्न तलबभत्ता खाने भयाे ,अर्काे साथी २० /२५ अाेटा स्तरीय किताब लेखेर पनि त्यही झण्डामनि अाेत लाग्न नगएकाले अनेक समस्याले जेलिदै भाैंतारिई रहेकाे छ । यही हाे झण्डामनि रहनु र नरहनुकाे फल । लेखेर मात्र केही हुनेवाला छैन अब के गराेस् त ? ऊ पनि झण्डामनि अाेत लाग्न बाध्य हुन्छ । यस्ताे स्थिति छ कि सबै प्रज्ञा प्रतिष्ठानमा,भाषा अायाेगमा,कतिपय सन्दर्भमा राजदूतमा समेत र अन्य सरकारी संस्थामा त्यै विधि अपनाइएकाे छ । त्यसाे गर्दा अाफ्नाे संगठन दराे हुने रहेछ । त्यसरी नियुक्ति पाएकाले नियुक्तिकर्ताले भने अनुसार काम गर्दा रहेछन् । याे विकृति माैलाएकाे छ अहिले झन् । साहित्यिक संस्थाकाे गठन पनि झण्डामनि अाेत लाग्नेहरूलाई समेटेर बनेका छन् । जति राम्राे लेखे पनि केही नलागेपछि बाध्य भए धेरै स्रष्टा झण्डा बाेक्न पुगेका हुन् । साहित्यमा सत्य हराएकाे छ झाेले प्रवृत्तिले । स्वन्त्र र स्वाभिमानपूर्ण तबरले लेख्नेलाई अनादर गरिएकाे छ,पाखा लगाइएकाे छ ,धर्मसंकटमा पारिएकाे छ । केही फरक पर्दैन सरकारी नियुक्तिमा नपरे पनि भन्ने साेच लिन सक्नुपर्छ । लेखन स्वतन्त्रै हुनुपर्छ,लेख्दै जानुपर्छ,लाेभ गर्दा घृणा पाइन्छ । घृणा कसैले पनि कमाउनु हुँदैन । त्यसाे गरेकाे भए वा झण्डामनि छिरेकाे भए पनि पाउँथे तर म घृणित हुन्थें ।स्वतन्त्र लेखक भएर पनि त्यस्ता पाइन्छन् यलि राज्य व्यवस्था सही छ भने । लेखक दलकाे झाेले हुने कुराकाे म बिरुध्दमा छु । बाँकी समय पनि त्यसरी पनि बिताउने छु ।
नयाँ कवि लेखकप्रति कस्ताे सद्भाव राख्नुहुन्छ ?
अग्रजकाे सद्भावले नव पुस्ताकाे संख्या बढ्छ । उनीहरूका सबै लेखनी मेरा लागि मननीय हुन्छन् । सल्लाह र सुझाब दिन्छु,श्यावासी दिन्छु । अालाेचना कतिपयले नपचाउन सक्छन् । उनीहरूकाे प्रतिभा मर्न सक्छ । नयाँ कवि लेखक भाेलिका नेपाली बाङ्मयकाे समुन्नतिमा खट्ने पूर्वाधार अवश्य हुन् । उनशीहरूकाे साेच र चिन्तन हुन्छ कि साहित्यिक हिसाबले देश कस्ताे बनाउने । उनीहरूले आजैदेखि साेच्नुपर्छ । दलकाे पदका खानका लागि दलकाे झण्डामनि अाेत लाग्ने वा दास बनेर पद धारण गर्ने प्रवृत्तिकाे विराेध गर्दै जाने उनीहरूले नै निर्णय गर्ने विषय हाे । त्यसाे भयाे भने एक दिन स्वतन्त्र र स्तरीय लेखनकाे मात्र पालाे अाउनेछ,नयाँ युगकाे अारम्भ अवश्य हुन्छ । त्यसैगरी नयाँ लेखकले काव्यसंस्कृतिकाे रक्षाका लागि धेरै काम गर्नु पर्छ ,जुन विधामा लागिएकाे छ त्यही विधाकाे वास्तविकताकाे अध्ययन गरेर मात्र साधनामा गर्नुपर्छ अनावश्यक रूपमा नयाँ विधा भनेर नानाभाँती लेख्नेतिर लाग्नु हुँदैन । नयाँ विधा जन्माउनु भन्दा चालू विधालाई परिपाक पार्नतर्फ ध्यान दिनुपर्छ । त्यसैमा हित छ,साहित्यप्रेम छ ।
छन्दनायकज्यू,अरू भन्नुपर्ने कुरा छन् भने भन्नाेस् ?
यति लामा कुरा हामीले गर्याैं ,अबभन्नुपर्ने त खास कृही छैनन् । संस्थाले अाफ्नाे उद्देश्य अनुरूप कार्यसमणपादा गरणन सफल हाेस् । नेपाल सरकार, पन्चाङ्ग निर्णायक समितिले मेराे अभियानका अाधारमा घाेषणा गरेकाे छन्ददिवस यस विद्यापीठले पनि मनाअाेस् र अरूलाई पनि मनाउन प्रेरित गराेस् । छन्द व्यापक भयाे भने वेद व्यापक बन्छ,वेद व्यापक भयाे भने वेदविद्याश्रम र संस्कृतसँग सम्बन्धित विद्यालय,कलेज र विश्वविद्यालय चल्छन् अनि धर्म,संस्कार र संस्कृतिकाे विकास हुन्छ नेपालकाे गाैरव बढ्छ ।
मलाई कुरा राख्ने अवसर दिनुभयाे,अाभारी छु ।

Leave a Reply