बंगुरको पकेट क्षेत्र पोखरा २७ जलजलेमा पोखरा महानगरद्धारा बंगुरका पाठा वितरण

१४ जेष्ठ २०८१, सोमबार

 

पोखरा । बंगुरपालनको पकेट क्षेत्र पोखरा २७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बंगुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बंगुरपालक कृषकहरुलाई लक्षित गरी जलजले बंगुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी वंगुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बंगुरको पाठा वितरण गरेको हो ।

बंगुर पाठा वितरण कार्यक्रममा वोल्दै पोखरा २७ का कार्यबाहक अध्यक्ष जितेन्द्र क्षेत्रीले अघिल्लो वर्ष महामारीको रुपमा फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण ब्यवसायीहरुको खोर रित्तिएको अवस्थामा पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाबाट बंगुरको पाठा वितरण गरी कृषकलाई राहत प्रदान गरेको वताउदै वडाले पनि जलजलेका कृषकलाई राहत प्रदान गर्ने गरी काम गर्न प्रतिवद्ध रहेको समेत बताए ।

पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका प्रमुख मनहर कडरियाले बंगुरको पकेट क्षेत्रको रुपमा रहेको जलजले बंगुर ब्रिडर कृषक समुहमा आवद्ध ब्यवशायीहरुलाई राहत पुगोस भन्ने उद्देश्यले बंगुरको पाठा वितरण गरिएको वताए । कडरियाका अनुसार गत वर्ष फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण जलजले बंगुर ब्रिडर कृषक समुहमा आवद्ध १९ वटा फर्मका बंगुरहरु मरेर नष्ट भएको र अघिल्लो वर्षनै महानगरले बंगुरको पाठाहरु बितरण गरेको र अहिलेपनि त्यसको फ्लो अप स्वरुप पचास प्रतिशत सझेदारीमा पुन बंगुरको पाठा बितरण गरिएको हो । बायो सेक्रेटरीलाई ध्यान दिन नसक्दा विभिन्न रोगहरु लाग्ने बताउदै त्यसतर्फ महानगरले सहयोग गर्ने र कृषकहरुपनि त्यस तर्फ सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो ।

जलजले बंगुर ब्रिडर कृषक समुहका अध्यक्ष पदम बहादुर थापाले कोरोनाको मार खेपेको कृषकले अफ्रिकन स्वाइन फ्लुका कारण खोर नै रित्तिदा कतिपयलेत ब्यवसायनै छाडेको बताउदै आफुहरुलाई महानगरले गरेको सहयोगका कारण ब्यवसायलाई निरन्तरता दिन सहज भएको वताए । स्वाइन फ्लुका कारण समुहमा ४ हजार बंगुर नष्ट भएको बेला महानगरले पाठा वितरण गरेर ब्यवशायलाई निरन्तरता दिन सहयोग गरेर अगाडी वढिरहदा फेरिपनि पाठा वितरण गरेर जलजलेका कृषकलाई गुन लगाएकोमा महानगरप्रति थापाले आभार प्रकट गरे ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका नवराज अधिकारी, राजेन्द्र लामिछाने लगायतको सहभागीता रहेको थियो । ३५ को हाराहारीमा फर्म रहेको जलजलेमा हाल १९ वटा फर्म हरु संस्थामा आवद्ध रहेका छन ।

 

Leave a Reply