गृहका २५ जना सहसचिव (सीडीओ)को  सरुवा,   कास्कीकाे सीडीओ बने   भरतमणि पाण्डे 

१६ जेष्ठ २०८१, बुधबार

 

कास्की । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हाे  ।

गृहमन्त्री रबि लामिछानेको बुधबारकाे  निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।हाल  कास्कीमा सिडिअाे रहेका बासुदेब िघमिरेलाइ गृह मन्त्रालय वा अन्तर्गत   सरूवा गरेकाे छ भने  राष्ट्रिय विपद जाेखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेलाइ कास्की सरूवा गरेकाे छ । चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् ।

 

Leave a Reply