मुक्तिनाथ बाहिनीको २३ ‌औं स्थापना दिवसको उपलक्ष्यमा २४ युनिट रगत संकलन

२८ जेष्ठ २०८१, सोमबार

कास्की। मुक्तिनाथ बाहिनीको २३ ‌औं स्थापना दिवसको उपलक्ष्यमा २४ युनिट रगत संकलन भएको  छ  ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको  उक्त कार्यक्रमको सुभारम्भ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीज्यूले गर्नुभएको थियो।

 

रक्तदान कार्यक्रममा २४ जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरी संकलन भएको २४ युनिट रगत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई हस्तान्तरण गरेको छ।

 सशस्त्र प्रहरी बलको गठन बि.सं.२०५८ सालमा भएतापनि मुक्तिनाथ बाहिनी मुख्यालयको स्थापना २०५९ असार १ गते तत्कालिन पश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गतका १६ वटा जिल्लामा तैनाथ भएका गण तथा गुल्महरुलाई कमाण्ड गर्ने गरी भएको थियो।

हाल यस मुक्तिनाथ बाहिनी मुख्यालयको जिम्मेवारी क्षेत्र गण्डकी प्रदेश रहेको छ। स्थापना कालदेखी नै जनताको जिउधनको सुरक्षा¸ आन्तरिक शान्ति सुरक्षा¸ विकास परियोजनाहरुको सुरक्षा¸ राजश्व संकलन कार्यमा सहयोग¸ सीमा सुरक्षा¸ विपद व्यबस्थापन तथा सामरिक एवं रणनैतिक महत्वका सम्वेदनशील पक्षहरुको शान्ति सुरक्षामा यस बाहिनीको अग्रणी भुमिका रहेको छ।

Leave a Reply