कास्की । जिल्ला प्रशाशन कार्यालय कास्कीमा छन्द बचाऊँ नामकाे एक पत्रिका दर्ता भएकाे छ । मङ्गलबार दर्ता भई दर्ता नं ३६६ रहेकाे साे पत्रिकाकाे सम्पादक र प्रकाशकमा छन्द बचाऊँ अभियान- २०५३ का संचालक एवम् महाकाव्यकार माधव वियाेगी रहेका छन् ।
हरेक वर्ष छन्ददिवसका दिन वैशाख ८ गते माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा छन्द सम्बन्धी गतिविधि छन्द सम्बन्धी रचना प्रकाशित गरी छन्दकाे पुर्जागृतिलाई थप व्यवस्थित गर्ने उद्देश्यले पत्रिका दर्ता गरिएकाे वियाेगीले जानकारी दिए ।
२०४१ देखि पत्रकारितामा संलग्न रहेका वियाेगी चेतनापत्र दैनिकका सम्पादक पनि हुन् । उनले पत्रकारिताका अनुभव र सम्पादकीयकाे सङ्कलन पुस्तकका रूपमा पनि प्रकाशित गरेका छन् । अाफ्नाे नाममा दर्ता भएपनि साे पत्रिकाकाे प्रकाशनकाे अधिकार प्रतिष्ठानलाई सुम्पने जानकारी पनि वियाेगीले दिए ।