फेवातालमा डुबी  कास्की नाैडाँडाका भण्डारीकाे   मृत्यु

0
80
कास्की ।  फेवातालमा डुबी  कास्की नाैडाँडाका सञ्जय  भण्डारीकाे     मृत्यु  भएकाे छ । शुक्रवार दिउँसाे  फेवाताल चिसापानीमा ५ जना साथीहरू सिहत  पौडी खेल्न गएका अन्दाजी २५ बर्षका  भण्डारीलाइ  सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा तालबाट उद्धार  गरि उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा  ५:२० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको   कालिका गणका गणपती अरूण एसपी अरूणकुमार शर्माले जानकारी  दिनुभयाे।  लेकसाइड क्विन पार्कमा काम गर्ने   भण्डारी शुक्रबार दिउँसाे पाैडी खेल्ने क्रममा डुबेको अवस्थामा स्थानीयले देखेपछी  डुवेर बेपत्ता भएको खबर फेवाताल रेस्क्यू टावरलाई बताएका थिए ।