प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन कांग्रेसकाे सरकारसँग आग्रह

0
83

 

 

काठमाडाैं ।  प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन कांग्रेसले सरकारसँग आग्रह गरेकाे छ ।
अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी दर्जनौं नागरिकले ज्यान गुमाइसकेका छन्, ठूलो संख्यामा नागरिकहरु घाइते भएका छन्, कतिपय अझै वेपत्ता छन्, धेरैको संख्यामा विस्थापित हुन पुगेका छन्, खेतीयोग्य जमीनमा क्षति पुगेको छ, देशभरकै सडक सञ्जाल अवरुद्ध भएका छन्, यात्रुहरु अलपत्र परेका छन् । यसबाट उत्पन्न परिस्थितिले  नागरिकको जनजीवन कष्टकर भएको छ । सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ  नेपाली कांग्रेसका  मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेकाे प्रेस प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

बाढी प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ  विज्ञप्तिमा भनिएकाे छ । ।

प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार र राहतको कार्यमा सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली कांग्रेसले  अपील  समेत गरेकाे छ   ।