माउन्ट अन्नपूर्ण मा.विमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

0
33

पोखरा । शैक्षिक क्षेत्रमा लामो इतिहास बनाएको अन्नपूर्ण मा.वि. नदीपुर पोखराले कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट सङ्कायका नवआगन्तुक विद्यार्थीलाई एक समारोहका बिच अभिमुखिकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंक पोखराका निर्देशक श्री बीना ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री सुरजप्रकाश प्रधानाङ्गको सभापतित्वमा सम्मान भएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित उत्पेरक वक्ता.रविन कटवालले नवआगन्तुक भाइबहिनीलाई जे शिक्षाको महत्वबारेमा स्पष्ट पार्दै जीवनमा धैर्य,लगन साधानाले लक्ष्य प्राप्तीका महान् सुत्र भएको बताउदै विद्यालयले स्वदेशमै केही गरौ भन्ने भावना जागरुक गराउन सफल बनोस भन्ने शुभकामना व्यक्त गर्नुभयो।

विद्यालयका एकेडेमी डाइरेक्टर अशोक कुमार शाही, सञ्चालक समितिका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अतिरिक्त क्रियाकलाप संयोजक तेज गुरुङ,प्रशासक चित्र गुरुङ तथा संस्थापक झम गुरुङले विद्यार्थीलाई अबिर र खादाले स्वागत गर्नुभयो।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, समयसापेक्ष शिक्षालाई परिमार्जित गर्न माउन्ट अन्नपूर्ण हरदम प्रयासरत रहने बिचार व्यक्त गर्नुभयो।

कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रममा छात्रा क्यारोन गुरुङले आफ्ना अनुभव साट्दै आफूलाई माउन्ट अन्नपूर्णले पढाइका साथै अन्य सिपमा पनि पोख्त बनाएको बिचार व्यक्त गरिन। कार्यक्रम कक्षा१२मा अध्ययनरत् सरिस राना र सिजन नेपालीले सञ्चालन गरेका थिए।