आस्था साकोसमा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला
२७ श्रावण २०८१, आईतवार
पाेखरा । आस्था साकोसको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम ( प्रोबेसन) गण्डकी पहिलो कलष्टरको २३ औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिबार पोखरामा सम्पन्न भयो।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा १० ओटा साकोसका प्रतिनिधिहरु उपस्थित थिए ।
कार्यशालामा प्रमुख अतिथि तिवारीले अहिलेको परिवेशमा सहकारीको क्षेत्रमा केही खराब सूचीमा रहेका साकोसका कारण सिङ्गो सहकारी क्षेत्र नै प्रभावित बनेको बताए ।
उक्त कार्यशालामा नेफस्कुनका कार्यक्रम अधिकृत मनोज खड्काले वित्तीय क्षेत्रसग सम्बन्धित रहेर समसामयिक विषयबस्तुमाथि प्रकाश पार्दै सम्पूर्ण साकोसहरुको पर्ल्स प्रतिवेदनको साराश प्रस्तुत गर्दै आवश्यक पृष्ठपोषण प्रदान गरे।
कार्यशालामा संगम साकोस, कास्की, हातेमालो साकोस , लमजुङ , दुधपोखरी साकोस , कास्की, पोखरा रोयल साकोस कास्की , जनकल्याण साकोस ,लमजुङ ,गौरीशंकर साकोस , कास्की, हिमचुली साकोस , गोरखा, हितैषी साकोस , कास्की , सनसाइन साकोस , कास्की र आस्था साकोसको सहभागिता रहेको थियो भने कार्यक्रममा हरेक साकोसले आफ्नो सहकारीको वित्तीय अवस्थाका साथ योजनासहितको समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यशालामा हातेमालो साकोस, लमजुङका मुख्य व्यवस्थापक हिरा बहादुर रावल र जनकल्याण साकोस, लमजुङका प्रबन्धक झम प्रसाद गुरुङले भाखा नाघेको ऋण सम्बन्धी कानुन सम्बन्धी समसामयिक सवालमा महत्त्वपूर्ण अवधारणा प्रस्तुत गरे।कार्यक्रममा सहभागीहरुको तर्फबाट हातेमालो साकोसका प्रोबेशन कार्यदलका संयोजक प्रभुराम प्रधान र दुधपोखरी साकोसकी व्यवस्थापक दुधकाशी गुरुङले आफ्नो अनुभव सहितको मन्तव्य राखे।उक्त कार्यक्रममा नेफ्स्कुनका पुर्व संचालक एवम् पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ , आस्था साकोसका प्रमुख कार्यकारी अधिकृत एवम् पोखरा महानगरपालिकाका सहकारी समिति बिज्ञ सदस्य नारायण प्रसाद आचार्य लगायतले आफ्ना सहकारीसग सम्बन्धित महत्त्वपूर्ण धारणा व्यक्त गरे।
आस्था साकोसका कोषाध्यक्ष एवम् प्रोवेशन कार्यदलका सदस्य बद्रीराज गौतमले स्वागत मन्तव्य राखेको उक्त कार्यशालाको अध्यक्षता आस्था साकोसका अध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका थिए भने कार्यक्रमको संचालन आस्था साकोसका सचिव एवम् प्रोवेशन कार्यदलका संयोजक ज्ञानेश्वर सुवेदीले गरेका थिए ।
Leave a Reply
You must be logged in to post a comment.