पाेखरा । भाद्र २४ गते महामानव बी पी कोइरालाको १११ औ जन्म जयन्तीलाई नेपाली काँग्रेस कास्कीले बिभिन्न कार्यक्रम गरी मनाउने भएकाे छ।
जन्म जयन्तीकाे अवसरमा कास्की जिल्ला स्थित ७२ वटा एकाईमा एकै साथ एकै समयमा क्रियाशील सदस्यताको प्रमाण पत्र बितरण र प्रशिक्षण कार्यक्रम सहित भब्यरुपमा मनाउने गरि तयारी गरिएकाे नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले पाेखरा पाेष्टलाइ जानकारी दिए ।
उक्त कार्यक्रमलाई परिणाममुखी बनाउनका लागि सम्बन्धित वडामा खटाइएका संयोजकहरु र वडा कार्यसमितिका सभापतिहरुलाई मगलबार सभापति किशोर दत्त बराल र अधिबक्ता रामचन्द्र त्रिपाठीले प्रशिक्षण समेत दिनुभएकाे नेपाली काँग्रेस कास्कीका प्रबक्ता युबक लामिछानेले जानकारी दिए ।
सम्बन्धित वडामा खटाइएका संयोजकहरु र वडा कार्यसमितिका सभापतिहरुले सगठन सुदृढीकरणकाे सवालमा जिम्मेवार भएर लाग्नु पर्नेमा नेपाली काँग्रेस कास्कीका सह सचीव नबिन सिग्देलले जाेड दिए ।