पाेखरा । शरीर र मन शुद्ध एवम् शान्त वनाउनका लागि मानिसले शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड दिईएकाे छ।
बुधबार भेजिटेरियन साेसाईटी नेपालले हरितालिका तीजकाे उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बाेल्ने बक्ताहरुले साे कुरामा जाेड दिनुभएकाे हाे।
कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले अनुशासित जीवन बिताउनका लागि याेग,ध्यानले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।कानुनले मात्रै समाजलाई अनुशासित बनाउन कठिन हुने भन्दै उहाँले आध्यात्मिक ज्ञान मार्फत मानिसलाई स्व आचारमा रहन प्रेरित गर्नुपर्नेमा जाेड दिनुभयो ।
नेपाल भेजिटेरियन साेसाईटीका अध्यक्ष ऋषिराम साप्काेटाले शरीर र मन शुद्ध एवम् शान्त वनाउनका लागि मानिसले शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड दिनुभयाे।
ताओका प्रबचनकर्ता मनु गुरुङले ताओ दर्शनले समाजमा धार्मिक समन्वय गर्ने तथा मानिसलाई अध्यात्मिक बनाउनका साथै सम्प्रदायबाट माथी उठाउने कुरामा जोड दिनुभयाे ।