अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा महिला संघ पाेखराकाे प्रशिक्षण एवम् सम्मान कार्यक्रम

0
28

पाेखरा। ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल महिला संघ पाेखरा महानगर कार्यसमितिले  आयाेजना गरेकाे राजनीतिमा महिला सहभागिता सम्भावना र चुनाैती विषयक प्रशिक्षण एवम् सम्मान कार्यक्रम आईतवार पाेखरामा सम्पन्न भएकाे छ।

कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल महिला संघ कास्कीका संस्थापक अध्यक्ष शकुन्तला गुरुङले समाजकाे आधाभन्दा बढी स्थान ओगटेका महिलाहरुको समान सहभागिता विना समाजको विकास हुन नसक्ने बताउनुभयो ।राजनितीमा महिला सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै उहाँले आरक्षणका नाममा सक्षम र अवसर प्राप्त गर्न सक्ने भन्दा नयाँ र अवसर प्राप्त गर्न नसक्नेहरुलाई अवसर दिनुपर्नेमा जाेड दिनुभयो ।

 

कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले राजनीतिमा आउनका लागि महिला स्वयं नै सक्षम र नेतृत्व विकास सीप भएको हुनुपर्ने बताउनुभयो ।कसैको लहैलहैमा नेता भईदैन भन्दै उहाँले आफ्नाे व्यक्तित्व निखार्दै समाजमा सुगन्ध छर्ने महिलालाई राजनीतिक दलले आफैं खाेज्ने बताउनुभयो ।