पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहकाे समय अवधि परिमार्जन गरेको छ ।प्रशासनले साेमबार सुचना जारी गरी यहि साउन २२ गतेबाट बिहान ८ बजेदेखि सेवा सुरू गर्ने ब्यबस्था मिलाइएकाे जनाइएकाे छ । सूचना अनुसार, साउन २२ गतेदेखि सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिने छ।
बैक खाता एवम् सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि कार्यलयमा सेवाग्राहिकाे चाप बढेकाले सेवा प्रवाह छिटाेछिरताे हाेस् र समयमा नै काम गर्न थप सहज होस् भन्ने उदेश्यले समय अवधि परिमार्जन गरिएकाे कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले पाेखरा पाेष्टलाइ जानकारी दिनुभयाे ।
सेवाग्राहीलाई सहज रूपमा सेवा लिन सजिलो हुने विश्वासका साथ समय अवधि परिमार्जन गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र आफ्नो भत्ता परिचयपत्र नवीकरण गराइसक्नुपर्ने प्रावधान रहेको छ।