घनश्याम रेग्मी
कोरोना भाइरस प्रकोप (कोभिड-१९) ले क्षेत्रीय र विश्व प्रणालीमा गम्भीर असर पारिराखेको छ । भाइरसको महामारी कहिले रोकिने हो, ठेगान छैन । धेरै देशसँग त यसलाई जाँच्ने उपकरणसमेत अभाव छ । अहिले यस रोगको खोप पत्ता लगाउन वैज्ञानिक लागिपरेका छन् । छोटो समयमै विश्वव्यापी रूपम नकारत्मक प्रभाब पारेको छ। यसले नेपाल पनि प्रभावित नपर्ने कुरै भएन ।हाल नेपालमा झन्डै ८४ लाख विद्यार्थी घरभित्र छन्। १९ लाख एसईई र ११–१२ का विद्यार्थी छन्। यो स्थिर समुह लाइ चलायमान बनाउनु आजाको प्रमुख चुनौती रहेको छ।त्यसैले उनीहरूलाई सक्रिय बनाउन जे उपलब्ध छ, त्यसैबाट पढाउने र सिकाउने कामको थालनी गर्नु पर्दछ।यदी यि बाल बालिकालाइ चलायमान बनाउन सकियन भने , बिस्वो बजारमा प्रतीस्पर्धि बनाउन सकियन भने नेपाल फेरि विश्वमा न मा धेरै पछडि पर्ने कुरामा कसैको पनि दुइ मत छैन।किनकि अबको २०/२५बर्स पछि नेपाल यिनैको हातमा का नेपाली आसाका केन्द्र यिनीहरू हुन , तेसैले यस तर्फ सबैको ध्यान जानु जरुरी छ। हरेक आविष्कार जननी नै समस्या तथा आवश्यकता हुन।
वर्तमान परिस्थिति राम्रोसँग व्यवस्थापन गर्ने हो भने यसले नेपाल र नेपाली कोरोना बरदान साबित हुन सक्दछ किनकि नेपाल मा बर्तमान परिस्थितिमा शिक्षाको क्षत्रमा धेरै विसङ्गति विकृतिहरू छन्।सम्पन्न र बिपन्न बर्गको लागि फरक फरक प्रकारको अबसर प्रदान गरेको छ।यसले अना आवश्यक प्रतिस्पर्धा र शोषण निम्त्याको छ।अर्थात माक्सवादी शब्दमा भन्दा बुर्जुवा शिक्षा प्रणालीछ्।यसले समाज मा वर्गीय विभेद निम्तिएको छ । सम्पन्न र पूजीपतिवर्गले पाउने अवसर सर्वहारा वर्गले पाउने अवसर फरक फरक छ्।यसको जानाकार बर्तमान अबस्थामा सत्त सञ्चालन गर्ने सत्तासीनहरूलाई राम्रो जानाकारी छ, किनकि यसैको अन्त्यको लागि उहा हरुको राजनितिक यात्रा प्रारम्भा भएको हो।
अब यस महामारीको अबस्थालाइ अबसर को रुपमा लियर नेपाल मा जनवादी वैज्ञानिक र शिक्षा लागू गरी यहाँको शिक्षामा आमूल परिवर्तन गर्नु छ्।देशभरि एकै प्रकारको शिक्षा लागु गर्नु पर्दछ ।शिक्षापूर्ण रुपमा निशुल्क गर्नु पर्द्छ।एकै प्रकार को पाठ्यापुस्तक लागू गर्न पर्दछ्।शिक्षापूर्णतया राष्ट्रको माताहत मा सञ्चालन हुनु पर्दछ सिक्षाले श्रमको सम्मान गर्ने र श्रम शक्ति नै रास्ट्रको शक्ति हो भन्ने भुझेको हुनु पर्दछ, तेसैले शिक्षा श्रमसँग सम्बन्धित र रोजगार मुखी हुनु पर्दछ।जुन उत्पादन सग जोडिएको हुनु पर्दछ।यो नारा अहिले को लक डाउन ले झन सत्य साबित गरि दिएको छ।किनकि यो लक डाउनले पैसा भन्दा खाध्यान्न ठुलो रहेछ, हरेक मानिस लाई आफ्नो देश प्यारो लाग्दो रहेछ।पैसाले केही गर्दो रहेनछ, सबै भन्दा कृषिपेसा महत्वपूर्ण रहेछ। बिधालय भन्दा घर महत्व हुने रहे छ ।शिक्षाभन्दा अभिभाबक को भुमिका ठुलो हुने रहेछ्।स्वास्थे नै ठुलो धन रहेछ ।
सम्पन्न भन्दा बिपन्न ब्यक्तिमा रोगपर्तिरोधात्मक क्षमता बढी , हुदो रहेछ बिलासि ताका सामान नभै कन पनि बाच्नसकिदो अ्मेरीका र युरोपजस्ता देश पनि नागरिकका जिउ धन का बारेमा कमजोर रहेछन्।यस्ता धेरै कुरा लक डाउन ले सिकाएको छ ।जुन नेपाल र नेपालीको लागि अनुकुल वातावरण निर्माण गरेको छ ।बर्तमान सरकारले यसको राम्रो सदुपयोग गर्नु पर्द छ।यस महत्वो पुर्ण अबसरका लागि सरकारले दीर्घकालीन र अल्पकालीन रण निति अबलम्बन गर्नु पर्दछ।दीर्घकालीन रणनिति अपनाउनाको लागि विज्ञ समुह निर्माण गरी आवश्यक कानुन बनाइ , अर्थ बेबस्था गरि अगडि बड्नु पर्दछ।तर अल्पकालका लागि निम्न कर्य गर्न सकिन्छ।तर कुनै पनि बहानामा यथास्थितिमा पहिलाको जस्तै निर्बाध बिधालय खोल्नु मुर्खता हुने छ ।यसको बिकल्पमा निम्न बिधि अपनाउन सकिन्छ:
-बर्तमान समयमा विद्यार्थीहरूलाई लक डाउन ले पारेको नकारात्मक प्रभावलाई सकारात्मक रुपले चलायमान बनाउन सबै विद्यार्थीहरूलाई कक्षा उन्नति गर्ने अनुत्रीण कसैलाइ नगर्ने।
– सबै बाल मनोवैज्ञानिकहरूलाई बालबालिकाहरूलाई आपसमा तुलना गर्न हुदैन भन्दछन , तर हाम्रो शिक्षाप्रणालीले तुलनागरी नतिजा प्रकाशन गर्ने गरेकोमा त्यसलाई हटाउने , तुलना बिभिन्न कृयाकलापमा मात्र गर्ने।
– हारेक बाल बालिका हरुका लागि एकै प्रकारका किताब लागु गराउने त्यसको लागि सुरक्षित रुपले विद्यालयमार्फत पुस्तक बितरण गर्ने, ग्रामीण ठाउँमा राहत सामाग्री बितरण गरे जसरी पुस्तक बितरण गर्ने।
– यस वर्षको लागि खुला शिक्षा अनुरुप शिक्षा प्रणाली लागु गर्ने।विद्यार्थीको स्व निर्मित सामाग्री का आधार मा मुल्यान्कन गर्ने।
– साना कक्षाका लागि उनीहरूका आचरण अनुशासन , सर सफाइ का आधारमा मूल्याङ्कन गर्ने।
-ब्यापक रुपमा अभिभावक र समुदाय शिक्षा सञ्चालन गर्ने।
– उत्पादनमुखी शिक्षा सञ्चालन गर्ने विद्यार्थीहरूलाई उत्पादनदेखि उपभोगसम्म कुनैन कुनै रुपमा सहभगी बनाउने त्यसैको आधारमा अङ्क प्रदान गर्ने।
-शिक्षा हातमा रेडियो हुनेलाइ रेडियो बाट , इमेल हुनेलाइ इमेल बाट , टिभि हुनेलाइ टि भि बाट, र ल्यापटपहुने लाइ ल्यापटप बाट शिक्षा प्रदान गर्ने ।
– हरेक विद्यालय ले मूल्याङ्न बिद्यार्थिकोकार्य स्थलबाट नै सुरु गर्ने।
– यसको लागि बर्तमान शिक्षकहरूलाई परिचालन गर्न सकिन्छ ।यसको लागि उनीहरूलाई आवश्यक तालिमको प्रबन्ध मिलाउनु पर्दछ्।
-शिक्षकहरूलाईजीवनउपयोगि शिक्षा र द्रुत सक्षरता अभियानमा समेल गराउनु ।
(लेखक राष्ट्रिय माबि पोखराका शिक्षक हुन)