रेड जोनका ब्यक्ति लेकसाइडमा भित्रिए, कांग्रेसले गर्‍यो गम्भीर ध्यानाकर्षण

0
1227

पोखरा । नेपाली कांग्रेस पार्टी केन्द्र देखि वडा इकाइसम्म कोरोना महामारी विरुद्ध लड्न अग्रसर रुपमा अघि बढेको छ। यसै समयमा कोरोना नियन्त्रण गर्न पोखरा-६ इकाइले पनि आफ्नो क्षेत्रमा कडा कदम चाल्यो ।

बैशाख २९ गते बिहान पोखरा – ६ लेकसाइडमा १२ ब्यक्ति रेड जोन रहेको पुर्बी भेगबाट भित्रिएका थिए। सोही घटनालाई ध्यानाकर्षण गर्दै नेपाली कांग्रेस पोखरा महानगर ६ वडा इकाईले प्रेस बिज्ञप्ति जारी गरेको छ। सो ब्यक्तिहरु रेड जोनबाट आएका र उनीहरूलाई यहाँको स्थानीय प्रशासनले सामान्य रुपमा लिएको र उक्त घटनाले स्थानीयमा ठुलो त्रास फैलिएको जनाउँदै ती ब्यक्तिहरुलाई यथाशीघ्र क्वारेन्टाइनमा राखी चेकजाँच गराउन नेपाली कांग्रेस वडा इकाइ पोखरा ६ ले स्थानीय सरकार देखि प्रदेश सरकारलाई अनुरोध गर्दै आफुहरु यस बिषयमा गम्भीर रहेको वडा इकाई सभापति बलराम गिरिले बताउनु भयो।

साथै वडा इकाई सचिब शिशिर पहारीले यस प्रकारको लापरबाही आगामी दिनमा नगर्न र वडा नं ६ मा अन्य जिल्लाबाट आएकालाई प्रवेश रोक लगाउन स्थानीय सरकारलाई आग्रह गर्दै सबै जनसमुदायहरुलाई सचेत रहि सुरक्षित बस्न आग्रह गर्नुभएको छ।