नेपालमा काेराेना संक्रमणबाट ज्यान जानेकाे संख्या १३ पुग्याे

0
517

पाेखरा । नेपालमा काेराेना संक्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार डाेल्पाकाे जगदुल्ला गाउँ पालिका -३ का ५८ बर्षीय पुरुषको काेराेना भाईरस संक्रमण बाट ज्यान गएकाे पुष्टि भएकाे छ ।

 

कोरोना पुष्टि भएका ती ५८ वर्षिय पुरुषको  जेठ २१ गते मृत्यु भएको थियाे । होम क्वारेन्टाइनमा बसेका बेला सास फेर्न गाह्रो भएर मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

याे संगै नेपालमा काेराेना संक्रमणबाट ज्यान जानेकाे संख्या १३ पुगेको छ।