स्वास्थ्यकर्मी सहित ३२ जना संक्रमित थपिए ,गण्डकीमा काेराेना संक्रमितको संख्या ३८० पुग्याे

0
789
पाेखरा। गण्डकी प्रदेशमा ३२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ निर्देशनालय गण्डकीकाे शुक्रबार बिहान ११ बजेकाे अद्यावधिक विवरणमा बाग्लुङ ,तनहुँ र पर्वतका ३२ जना संक्रमित थपिएका हुन्।
बागलुङका १०,तनहुँका १७ र पर्वतका ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।थपिएका मध्ये ५ जना पर्वत जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्। यससंगै  गण्डकीमा  काेराेना संक्रमितको संख्या ३८०  पुगेको छ ।