कास्कीका ८ जनामा काेराेना संक्रमण पुष्टि

0
1269

पाेखरा। मंगलबार बिहान कास्कीका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पाेखरा महानगर पालिकाका ३९,५३,३५,३०,३०,३६ बर्षीय पुरुष र २७ बर्षीया महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

त्यसैगरी मादि गाउँपालिकाका ४२ बर्षिय पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

उनिहरुलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पाेखरामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको  स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ |
साथै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २१४  पुगेको छ |