पोखरा। कास्की कांग्रेसका निष्ठावान नेता भोेजबहादुर गुरुङ्ग “सिकन्दर”को आज निधन भएको छ । गुरुङको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको परिवारले जनाएको छ ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका सिकन्दर त्याग र क्रान्तिको पर्याय मानिन्थे । सिकन्दर वीपी कोइरालाको पालादेखि शेरबहादुर देउवाको राजनीतिक यात्रामा सँगै यात्रा तय गरेका नेताको रुपमा चिनिन्छन् । कास्कीको भदौरेमा जन्मेका नेता सिकन्दर राजनैतिक बृत्तमा निःस्वार्थ नेताको रुपमा परिचित पनि छन ।
नेपाली कांग्रेस कास्कीको क्षेत्र नं ३ बाट प्रदेशसभा सदस्यको टिकट पाएका उनी पैसा खर्च नगरी चुनाव लड्ने नेताको रुपमा चिनिन्छन् ।
उनको गुरुङ्ग परम्परा अनुसार सोमबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।