सरिता तिम्सिना पगेनी
उडिरहने पंक्षीलाई पिंजरामा थुनिदियो भने कस्तो हुन्छ ? हो, त्यस्तै भयो मेरो लागि कोरोना संक्रमण जोखिम कम गर्न भनेर सरकारले लागु गरेको लकडाउन । विश्वका धेरै देशमा कोरोनाको संक्रमण फैलियो । सबै जसो देशले नियन्त्रणका लागि अपनाएको एक प्रमुख उपाय लकडाउन नै हो । तर विश्वका धेरै देशहरुले लकडाउनको समयमा धेरै तयारी गरे । फलस्वरुप छोटो समयमै कोरोनालाई जिते र कतिपय देशहरुले आफूलाई कोरोना मुक्त घोषणा गरिसके । कोरोना संक्रमणको उद्गमस्थल चीनले कोरोनालाई परास्त गरेर अघि बढेको उहिल्यै हो, विश्वका धेरै देशहरुको अर्थतन्त्र डामाडोल भइरहँदा चीनमा कोरोना कहरले त्यत्ति धेरै असर गरेको छैन । तर नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउन बाहेक केही भएन र लामो समय लकडाउन गर्दा कोरोना संक्रमण नियन्त्रणमा आउनुको सट्टा झन बढ्यो । अनि सरकारले फेरि पनि कोरोना नियन्त्रणणको विकल्प लकडाउन नै देख्यो, नाम फरक गरेर उही प्रकृतिको काम ग¥यो अर्थात निषेधाज्ञा लगायो ।
लकडाउन वा निषेधाज्ञा जे जे भने पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले आराम गर्न पाएनन । झन बढी सक्रिय हुनु प¥यो । सम्भव हुनेले ‘वर्क फ्रम होम’ गरे, सम्भव नहुनेले कार्यालय नै गरेर काम गरे । सञ्चारगृहले ‘जवरजस्ती’ कामबाट निकाल्ने र ‘विदा’ बस्न बाध्य पार्नु बाहेक सञ्चारकर्मी, पत्रकार झन बढी सक्रिय भए ।
हुन त मैले सञ्चारकर्म गरेको धेरै समय भएको छैन । तर यत्ति धेरै लामो समय लगातार घरमै बसेको पहिलो पटक हो । तालिम होस वा रिपोर्टिङका क्रममा विभिन्न जिल्ला दौडाहामा निस्कने म घरमै ‘कैद’ भएँ । तर दुःखको कुरा घर भनेको घर नै हुने रहेछ । घरमा रहँदा कुनै पनि दिन मलाई ‘पत्रकार’ मात्रै हुने छुट कुनै दिन भएन । पहिले ‘आमा’ त्यसपछि ‘श्रीमती’ अनि मात्रै ‘पत्रकार’ हुन पाएँ । घरबाट कार्यालय भनेर निस्किएपछि निश्चित समय ‘कामकाजी’ भए पुग्थ्यो, घरबाटै काम गर्न त्यो सुविधा रहेन । यसले काममा निकै बाधा पु¥याउने रहेछ ।
जिम्मेवारीका हिसाबले मैले मेरो मात्रै समस्यासँग जुधेर हुने थिएन, साथीहरुको समस्या पनि सुन्नु पथ्र्यो, सकेसम्म समाधानको उपाय निकाल्नु पर्दथ्यो । म क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशको अध्यक्ष छु । गण्डकी प्रदेशका ११ वटा जिल्लाका पत्रकार महिलाका समस्या सुन्ने र सम्भव भएसम्म समाधानको लागि पहल गर्ने जिम्मेवारी मेरो पनि रहन्छ ।
लकडाउनको कारणले समस्यामा परेका संचारकर्मी साथीहरुले कहिले स्वास्थ्य सुरक्षा सामाग्री अभाव त कहिले प्रेस ज्याकेट नभएका कारणले दुख भोगेका कुरा फोनबाट, म्यासेन्जरबाट गुनासो गरिरहन्थे ।
नेपाल पत्रकार महासंघ लगायतका संस्थाले स्वास्थ्य सुरक्षा सामाग्री वितरणमा पत्रकार महिलालाई प्राथमिकतामा नपारिएको भन्ने गुनासा सुनेपछि पत्रकार महिलाका लागि केहि गर्नुपर्छ भन्ने मलाई लाग्यो । विभिन्न दातृ निकायसँग समन्वय गरेर पत्रकार महिलाका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रवन्ध गर्न सफल भए ।
एकातिर साथीहरुको समस्या समाधान गर्नका लागि जुट्नु पर्ने र अर्कोतिर समाचार संकलन र प्रसारणमा जुट्नु पर्ने छँदैछ । कोरोना कहरबीच गरिएका रिपोटिङ्ग मध्ये चैत्र २३ गते पोखरा पोष्ट डटकममा प्रकाशित ‘गैह्र जिम्मेवार वन्दै पोखराका अस्पताल, सुत्केरी ब्यथाले छट्पटाउँदा समेत भर्ना लिदैनन’ शीर्षकमा समाचार लेखें । मानिसको जीवनसँग जोडिएको समाचार शेयर नगरी बस्ने कुरै भएन । प्रसव पीडाको अबस्था महिलाको एकदमै संबेदनशील अबस्था हो । यो अबस्थामा थोरै मात्र लापरवाहीले पनि आमा र बच्चा दुबैको ज्यान जाने खतरा हुन्छ । यस्तो अबस्थामा सुरक्षित प्रसुतिका लागि भरोसाको केन्द्र भनेका स्वास्थ्य संस्था नै हुन । तर स्वास्थ्य संस्थालेनै सुत्केरी ब्यथाले च्यापेकी महिलालाई भर्ना लिन मानेनन् भने अबस्था के होला, अनुमान गर्नुहोस त । कोरोना भाइरसको त्रासका कारणले पोखरामा सुत्केरी ब्यबथाले च्यापेकी महिलालाई समेत केही अस्पतालले भर्ना लिन मानेका थिएनन । भएकै कुरा लेखेको हो ।
पहिलो पटक आमा बन्दै गरेकी २५ बर्षीया महिला जो अस्पताल पुग्दा पाठेघरको दुई घर खुलिसकेको हुन्छ । अघिल्लो दिनको रातिदेखि सुत्केरी ब्यथाले छट्पटाएकी उनलाई ३ वटा अस्पताल चाहार्दा पनि कुनै अस्पतालले भर्ना लिन मानेनन ।
समाचार पोष्ट गरेको केहि मिनेटमै मलाई अस्पतालका संचालकहरुका फोन आउन सुरु भयो । जुन जुन अस्पतालले भर्ना लिन मानेका थिएनन, उनीहरुले फोन गर्ने भइहाले । आफ्नो अस्पतालको नाम उल्लेख गरिदिन ‘धम्की’का शैलीमा आग्रहहरु आउन थाले । कतिपयले समाचार नै हटाउन समेत भन्न भ्याए । मानव अधिकार आयोगदेखि महिलाका क्षेत्रमा काम गर्ने बिभिन्न एनजिओले पनि समाचारका विषयमा चासो लिए । समाचार प्रकाशन भए पछि समाचारमा नाम उल्लेख भएका अस्पताललाई मानव अधिकार आयोगले पनि ध्यानकर्षण गराएछ ।
फोन यत्ति धेरै आयो कि उठाएर साध्य लाग्ने कुरै भएन । कतिपय फोनहरु उठाइन । नागरिक समाजका अगुवा, पत्रकार साथीहरु र असल पाठकले भने सही विषय उठान गरेको भनेर ढाडस पनि दिए । समाचारको प्रभाबले पनि होला, त्यसपछिका दिनमा भने पोखराका अस्पतालले विरामी भर्ना गर्न नमानेका गुनासा सुनिएनन ।
‘एक दिन पोखराको एक संचार गृहमा काम गर्ने पत्रकार महिलाले फोन गरिन, मेरो त भान्छामा चुल्हो बाल्न नै गाह्रो भयो ।’ दिनभरी राहात बितरणका समाचार लेख्ने हामी आफैलाई हातमुख कसरी जोड्ने भन्न्ो पो पीरलो भयो । मिडिया हाउसले तलब पनि दिएको छैन ।
अर्को दिन मुलधारकै मिडियामा काम गर्ने एकजना पत्रकार साथीले फोन गरेर एकै सासमा समस्या सुनाइन– ‘मिडिया हाउसले बेतलबी बिदामा बस्न भन्यो । म त गाउँमा गएर खेतिपाती गर्नु पर्छ कि क्या हो । यस्तो टुगो नहुने जागिर पनि के खानु । अन्त जागिर खाएको भए पेन्सन पाक्ने बेला भयो, मिडियामा लागेर भविश्य नै बर्बाद गरे जस्तो लाग्छ ।’
एक दिन पत्रकार महासंघ कास्कीले जुम मिटिङ्गको आयोजना ग¥यो । पत्रकारका समस्या राख्नका लागि । पत्रकारिता आफैंमा जिम्मेवार र सम्मानित पेशा । बरु भोकभोकै काम गर्न तयार हुने तर मलाई हातमुख जोड्ने समस्या छ भनेर कुनै पनि पत्रकारले कुरा राखेनन् । म आफैंले फोन गरेर आर्थिक समस्यामा परेका पत्रकार महिलाको नाम लिष्ट तयार पारें । यस्तो बेलामा अप्ठ्यारो मान्नु हँुदैन भनेर कन्भिन्स पनि गरें । आमनागरिकका राहात वितरणका फोटो छाप्ने पत्रकार आफूले राहात लिएको भने सार्वजनिक गर्न नचाहदो रहेछ । यसैबीचमा नाम नबताउने शर्तमा पोखराका दर्जनौ पत्रकारलाई खाद्यान्न सामग्री पनि वितरण गरियो ।
कोरोनाको यो समयमा हुन त पत्रकारका समस्या साझा हुने गर्छन तर पत्रकार महिलाका केही समस्या भने साझा रहेनन् । अरु बेला फिल्डमा जाँदा घरको काममा सघाउने परिवारका सदस्यहरुले पनि घरमै बसेर रिपोटिङ्ग गर्दा भने सघाउन आवश्यक ठानेनन् । ‘वर्क फ्रम होम’ पत्रकार महिलाका लागि निकै कठिन हुने देखियो । मूख्य कुरा घरमै बसेर काम गर्दा व्यवसायिक पत्रकार बन्न निकै कठिन देखियो । ‘पत्रकार’ कम ‘गृहणी’ ज्यादा हुनु पर्दोरहेछ । कहिले काहीं फिल्ड रिपोटिङ्ग गरेर घरमा आउँदा परिवारले कोरोना बाहक ठान्ने अवस्था हुने गरेको रहेछ । हुन त यो समयमा आफूबाहेक सबैलाई कोरोना संक्रमितको रुपमा हेर्नु पर्ने छ । तर आफंैले जन्माएको सन्तान पनि ममीले कोरोना बोकेर ल्याएकी छन भनेर तर्केर हिंड्दा कस्तो हुन्छ ? त्यो शब्दमा कहाँ उल्लेख गर्न सकिन्छ र ?
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.