रामचन्द्र पौडेलको भिडियो अपिल : मुलुकलाई निरकुंशता तर्फ धकेल्न संसद भंग गरिएको पुष्टी भयो

0
441
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

 

पाेखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधी सभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टी हुँदै गएको बताएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागि हुनका लागि आम नागरिकलाई भिडियो आपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशता तर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टी हुँदै गएको बताएका छन् ।

उनले सरकार एकपछि अर्को गर्दै निरकुशंता तर्फ पाइला चाल्दै छ । सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन् ।

पौडेलले भिडियो अपिलमा सम्पुर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले आयोजना गरेको फागुन ३ गते ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागि हुन आह्वान गरेका छन् ।

 

 

https://www.facebook.com/RCPaudelNepal/posts/4036507499713984