पाेखरा । नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर वहादुर देउवाले अदालतले संसद पुनःस्थापन वा चुनाव जुन पक्षमा फैसला गर्छ कांग्रेस त्यसकै पक्षमा रहने वताएका छन्।
विहिबार पाेखरामा नेपाल मगर संघ गण्डकी प्रदेश समितिले अायाेजना गरेको प्रथम गण्डकी प्रदेश सम्मेलनलाइ सम्बाेधन गर्दै देउवाले भने,´प्रधानमन्त्री केपी अाेलीले संसद विघटन गरेर देशलाई दुर्घटना तर्फ धकेले।यसवारे अदालतले ठिक हाे वा हाेईन जे फैसला गर्छ हामी अदालतकाे फैसलाको पक्षमा हुन्छौं ।`
नेकपा प्रचण्ड -नेपाल समुहले संसद पुनःस्थापनकाे पक्षमा गरेको प्रदशन वारे देउवाले व्यङ्ग्यात्मक शैलीमा भने, ´पैसा हुनेले टाढा टाढाबाट कार्यकर्ता बाेलाउछन् ,हामी संग पैसा छैन क्रियाशील सदस्य पनि जुलुसमा अाउदैनन्।`
सम्मेलनले राष्ट्रिय मगर विद्यार्थी संघ गण्डकी प्रदेश समिति घाेषणा गर्ने कार्यक्रम रहेकाे महावीरथापा मगरले जानकारी दिए।
