पोखरा। प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ ।
नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो ।
श्रद्वाञ्जली सभामा सहभागिता जनाउन तथा केसी परिवारप्रति समवेदना व्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला देउमाणि पग्नु भएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो।
स्व. हर्कबहादुर नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीका बुबा हुनुहुन्छ ।
श्रद्वाञ्जली सभामा नेपाली काँग्रेसका महामन्त्री डा. कोइरालाले जन्म र मृत्यु स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु शुक्रराज शर्मा, यज्ञबहादुर थापा, आइ बहादुर गुरुङ, राजु थापा, परिवारकोतर्फबाट बाबुराम केसी, इकाइ उपसभापति शिवबहादुर अधिकारी, सचिव राजेश अधिकारीले बोल्नुभएको थियो ।
कार्यक्रम इकाइ सभापति विकास गुरुङको अध्यक्षतामा भएको थियो ।
Home ब्रेकिङ्ग न्युज केसीको परिवारलाई समवेदना व्यक्त गर्न काँग्रेस महामन्त्री शशांक कोइराला देउमाणिमा
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.