थप ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

0
339

पाेखरा ।पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

 

नेपालमा  कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।  संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १२ सय ८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुुई लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ४३ हजार २१३ संक्रिय संक्रमित आइशोलेशनमा र ६७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख ८८ हजार ३५९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।