संविधान सभा सदस्यको कोरोनाले संक्रमणबाट  निधन

१९ बैशाख २०७८, आईतवार

 

पाेखरा ।  दोश्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत ४४ वर्षीया चौधरीको आइतबार दिउँसो निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । आईतबार उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो ।

कैलाली जिल्लाकाे लम्कीचुहा नगरपालिका-६ बागमारा निवासी चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन् ।

 

 

 

Leave a Reply