गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

0
245

 

 

 

पोखरा ।गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सिता पौडेलसमक्ष आज राजीनामा बुझाएका हुन् ।

उनी विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिएका हुन्  ।