पाेखरा। विश्वासकाे मत नपाउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । ।विश्वासको मत पास हुन कम्तिमा ३१ मत चाहिन्छ।
सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए मतदानमा युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उपस्थित भएनन् भने जनमोर्चाले कारबाही गरेका कृष्ण थापा तटस्थ बसे ।नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।
ठूलो दलका नेताको हैसियले गत वैशाख २९ गते गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री गुरूङले विश्वासको मत नपाएसँगै अब नया सरकार गठनको अर्को प्रक्रिया शुरु हुनेछ।