गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता कृष्ण चन्द्र नेपाली

0
309

पाेखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता कृष्ण चन्द्र नेपाली नियुक्त भएका छ्न ।

प्रदेश प्रमुख सीता पौडेललेले नेपालीलाई नेपालको संविधान को धारा १६८(५) अनुसार मुख्य मन्त्रीमा नियुक्त गरेको गण्डकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछी प्रदेश प्रमुख पौडेलले नेपालको संविधान को धारा १६८(५) अनुसार नयाँ सरकार गठनको आह्वान गरे लगत्तै नेता नेपालीले आफुलाई मुख्य मन्त्री नियुक्त गरिपाउँ भन्दै ३१ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखलाई शुक्रबार निवेदन बुझाएका थिए ।

मुख्य मन्त्रीमा नियुक्त भएका नेपालीले अबको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।