मादी नदिमा आएको बाढीेले कास्कीको सुपरमादी हाइड्रोपावरमा करोडौंको क्षति

0
442

पोखरा । मनसुन सक्रिय भएसंगै साेमवार बेलुका  देखि लगातार परिरहेको अविरल बर्षाका कारण कास्कीको मादी नदिमा बाढीे आउदा कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन अबस्थामा रहेको ४४ मेगावाटको सुपरमादी हाइड्रो पावरले ठुलो क्षति व्यहोरेको छ ।
बाढीले सुपरमादि हाइड्रोपावर कम्पनीको लोडर ,एक्साभेटर,पेनस्टक पाइप,कर्सर प्लान्ट,आरएमसी प्लान्ट,हेभी जेनेरेटर लगायतका सामानहरु बगाउदा झण्डै एक अरब रुपैया बराबरको क्षति भएको सुपरमादि हाईड्राेपावर कम्पनी लिमिटेडका  अध्यक्ष पुष्पज्योती ढुगांनाले पोखरा पोष्टलाई जानकारी दिएका छन् ।


“निर्माणको काम भईरहेको बेलामा ठुलो पानी परेपछि बाढी र पहिरोले निर्माणस्थलमा क्षति गरायो । हेडवक्स,पावरहाउस,कामदार आवास एरिया लगायतको ठाँउमा ठुलो क्षति भएको छ , अध्यक्ष ढुगांनाले पोखरा पोष्टसंग कुरा गर्दे भने, क्षतिको थप विवरण आउन बाँकी छ ,रातको समय भएकाले मानवीय क्षति भने हुन पाएन ।”


बत्ती परिक्षणको तयारी हुन झण्डै ८ महिना बाँकी रहँदा बाढीले क्षति पुर्याउँदा चैतमा काम सकेर बत्ती बाल्ने कार्ययोजना केहि समय पछि धकेलिन सक्ने अध्यक्ष ढुगांनाले बताए।