पोखरा । बैंकिङ कसुर मुद्धामा फरार रहेका पोखरा-६ का ४२ बर्षीय खेमराज पौडेल पक्राउ परेका छन् ।
पौडेललाई साउन १६ गते उनको पोखरा -६ स्थित निजको घरबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
गत वैशाख १५ गते उच्च अदालत हेटौैंडाले पौडेललाई सात दिन कैद सजाय र १७ लाख ८४ हजार २ सय ५० रुपैयाँ जरीवाना तोकेको थियो ।
उनी त्यसबेलादेखि हालसम्म फरार थिए ।
उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको डिएसपी हमालले जानकारी दिए ।