प्रकाशशरण महत कांग्रेस प्रवक्तामा नियुक्त

0
374

नेपाली कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई पार्टी प्रवक्ता बनाएको छ।

महतलाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर  देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेको कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले   जानकारी दिएका हुन्।

 

यसअघि पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्री बनेका छन्।