समाचारमा मानवअधिकार ख्याल गर्न पत्रकार महासंघका केन्द्रीय सदस्य तिमिल्सिनाकाे सुझाव

0
286

 

पाेखरा।समाचार रिपोर्टिङ तथा प्रकाशन प्रसारणका क्रममा मानवअधिकारका विषयवस्तुलाई ख्याल गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनीले संचारकर्मीहरुलाई सजग गराएकी छन्।

विहिवार खेलकुद पत्रकार मञ्च गण्डकीले पाेखरामा आयोजना गरेको मानवअधिकार प्रवर्द्धनमा खेलकुद पत्रकारिताकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै उनलेे मानवअधिकार प्रवर्द्धनमा पत्रकारको अहम भुमिका हुने वताईन।

नेपालकाे संविधानमा मानवअधिकार र प्रेस स्वतन्त्रता विषय समेटिएको भएता पनि व्यवाहारिक कार्यन्वयनमा भने अझै पनि थुप्रै जटिलताहरु रहेको उनको भनाइ थियाे।

कतिपय अवस्थामा पत्रकारले सुचनाकाे हककाे प्रयोग गर्दा व्यक्तिको गाेपनियताकाे हककाे समेत ख्याल गर्नु पर्छ भन्दै उनले पीडितको गाेपनियता हनन नहुने गरी समाचार सम्प्रेषण गर्नु पर्नेमा जाेड दिईन।

मानवअधिकारकाे रक्षा राज्यको दायित्व भएको उल्लेख गर्दै केन्द्रीय सदस्य तिम्सिनाले सरकार वा राज्यलाई मानवअधिकारकाे सम्मान ,संरक्षण ,प्रवर्द्धन र परिपुर्ति गर्ने सम्वन्धमा पत्रकारले सधैं खवरदारी गरिरहनुपर्ने वताईन।

राज्यले सुनिश्चित गरेका मानवअधिकारका मान्यताहरु व्यवहारिक रुपमा लागू गर्न ,आफ्ना अधिकारका वारेमा नागरिकलाई सचेत ,संगठित र जागरुक बनाउन पनि पत्रकारले मानवअधिकारका सवालमा समाचार रिपोर्टिङ तथा सम्प्रेषण गर्न आबश्यक रहेको उनको भनाइ थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ वरालले मानवअधिकार संरक्षण र प्रवर्द्धनमा खेलकुद पत्रकारलाई थप जिम्मेवार वनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ वरालकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ वञ्जरा,खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ ,महासचिव राजाराम पाैडेल लगायतले वाेलेका थिए।

कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकीकाे आर्थिक सहयोगमा संचालित कार्यक्रममा विभित्र संचार माध्यममा कार्यरत पत्रकारहरुकाे सहभागीता रहेको थियाे।

 

तस्बिर : सुदर्शन रन्जित