मानव अधिकारमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध छ :मन्त्री थापा

१५ असार २०७९, बुधबार

 

पाेखरा।गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार मानव अधिकारमैत्री वातावरण निर्माणका लागि प्रतिवद्ध रहेको वताएका छन्।क्रियाशील पत्रकार महिला (डव्लु डव्लु जे )गण्डकीले बुधबार पाेखरामा आयोजना गरेको मानव अधिकार प्रवर्द्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा वाेल्दै मन्त्री थापाले मानव अधिकारकारकाे संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै मानवअधिकार मैत्री वातावरण सृजना गर्न नागरिक समाज र पत्रकारको पनि महत्त्वपूर्ण भुमिका रहने वताए ।

उनले पत्रकारले सुचनाकाे हककाे प्रयोग गर्दा व्यक्तिकाे गाेपनियताकाे हकलाई पनि ख्याल गरेर समाचार सम्प्रेषण गर्नु पर्ने सुझाव दिए।गण्डकी प्रदेश सरकारले सुचनाकाे हक सम्वन्धी विधेयक पास गर्ने तयारीमा रहेको समेत जानकारी दिए।

जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालले मानवअधिकार र पत्रकारिता एक अर्कोका परिपुरक रहेको उल्लेख गर्दै पत्रकारले समाचार सम्प्रेषण गर्दा मानवअधिकारका सवाललाई ध्यान दिनु पर्ने वताए ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले पत्रकारले लेखेका समाचारका कारणले कसैले ज्यान गुमाउने अवस्था सृजना नहाेस भन्ने तर्फ पत्रकार सचेत रहनु पर्ने वताए ।उनले व्यक्तिको गाेपनियताकाे हकलाइ सम्मान गर्नु पर्नेमा समेत जाेड दिए।

वरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकारले सत्य तथ्य र निष्पक्षरुपमा समाचार लेख्नु पर्नेमा जाेड दिए।

क्रियाशील पत्रकार महिला   (डव्लु डव्लु जे )गण्डकीअध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गाेविन्द सुवेदी ,कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना ,महिला मानवअधिकार रक्षकसंजाल गण्डकीका संयाेजक ईन्द्र कुमारी शर्मा , क्रियाशील पत्रकार महिला (डव्लु डव्लु जे )का केन्द्रीय सदस्य दुर्गा अधिकारी ,मानवअधिकार पत्रकार संघ कास्कीका अध्यक्ष असफल गाैतम ,डिएलए कास्कीका अध्यक्ष कपिलनाथ दाहाल लगायतले मानवअधिकारकाे संरक्षणमा पत्रकार र नागरिक समाजकाे भुमिका महत्त्वपूर्ण हुने वताएका थिए ।

नेपाल पत्रकार महासंघ कानुन विभागका सदस्य आर्जु विष्ट सल्यानीले संचालन गरेको कार्यक्रममा  स्वागत क्रियाशील पत्रकार महिला (डव्लु डव्लु जे )गण्डकी  उपाध्यक्ष रविना आलेले गरेकी थिईन।

कार्यक्रमलाई राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका मानवअधिकार अधिकृत टंक खनाल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ,कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनीले सहजिकरण गरेका थिए।

कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोग एवम् नेपाल पत्रकार महासंघ केन्द्रीय कानुन विभागकाे समन्वयमा भएको कार्यक्रममा   विभित्र संचारमाध्यममा कार्यरत पत्रकार एवम् मानवअधिकारकाे क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुकाे सहभागीता रहेको थियाे।

 

Leave a Reply