कास्की आदर्श समाज युएईको पाँचौ अधिवेसन सम्पन्न, अध्यक्षमा शिवकुमारश्रेष्ठ

0
401

 

युएई।  कास्की आदर्श समाज, युएईको पाँचौ अधिवेसन तथा आठौं वार्षिक साधारण सभा एक विशेष समारोहका बिच सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सँस्थाका निवर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष शिवकुमार श्रेष्ठ को अध्यक्षतामा राष्ट्रिय समिती सर्वसम्मत निर्विरोध चयन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा शिवराज बस्ताकोटी, प्रथम उपाध्यक्षमा सोम बहादुर खवास, द्दित्तिय उपाध्यमा ध्रुबराज आचार्य, महिला उपाध्यक्षमा सशिला गुरूङ, महासचिवमा श्रीराम रानाभाट, सचिवमा विजय त्रिपाठी, कोषाध्यक्षमा विनोद के.सी., सह-कोषाध्यक्षमा देवि गुरूङ रहेका छन ।

 

तेसै गरि सदस्यहरूमा क्रमशः सागर श्रेष्ठ, पुष्प पाठक, डि.बी. गुरूङ, कमल शाही, थम ब. गुरूङ, सुर्यनाथ लामिछाने, तेस्तै दुवई क्षेत्रिय समितिमा क्रमशः अध्यक्ष गोपाल अधिकारी, उपाध्यक्ष ऋषिराम आचार्य, सचिव गणेश वास्तोला, कोषाध्यक्ष शंकरनाथ रिजाल र सदस्यमा पार्वती बराल रहेका छन ।

तेस्तै महिला समितीमा क्रमशः अध्यक्ष कासरी गुरूङ, उपाध्यक्ष तारादेवि परियार, सचिव रिता परियार, कोषाध्यक्ष बसन्धरा सुवेदी पौडेल, सदस्यहरूमा राममाया श्रेष्ठ र अमृता खनाल रहेका छन ।

तेसै गरि अबुधाबी क्षेत्रिय संयोजकमा रामराज वाग्ले र रस अल खैमा संयोजकम ऋषिकेशव लामिछाने  रहेका छन  भने बाँकी राष्ट्रिय समिति सदस्य तथा क्षेत्रिय संयोजक एवं सदस्यहरू कार्यसमितिले मनोनित गर्ने कुरा  निर्वाचन समितिले घोषणा गरेको थियो    ।

 

गत आईतवार २५ सेप्टेम्बर २०२२ का दिन दुवई स्थित हेरिटेज होमको सभाहलमा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्, नेपालका वरिष्ठ उपाध्यक्ष हंशराज ढकाल क्षत्रिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा नेपाली समाज युएईका भु:पु अध्यक्ष तथा कास्की आदर्श समाज युएईका सँस्थापक संरक्षक कृष्ण बहादुर ढकाल, साथै नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, गैर आवसिय नेपाली संघ युएईका उपाध्यक्ष एवं कास्की आदर्शका निवर्तमान केन्द्रिय सदस्य विकास शाही, महासचिव दिपक खड्का, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान, महासचिव वेद प्रसाद अर्याल, आदिवासी जनजाति महासंघ युएई शाखाका अध्यक्ष विजयलक्ष्मी राई, नेपाली समाज युएईका भुपु अध्यक्ष तथा कास्की आदर्श युएईका सँस्थापक एवं सल्लाहकार ज्ञानेन्द्र बहादुर कार्कि, संरक्षक एवं सँस्थापक अध्यक्ष गुप्तशेखर पौडेल, संरक्षक संयोजक मनोज कुमार सैंजु, संरक्षक पुष्पराज अधिकारी, नेपाली जन सम्पर्क समिती युएईका सभापति एवं कास्की आदर्शका आजिवन सदस्य भुवानी प्रसाद तिमिल्सिना, र सल्लाहकार संयोजक केदार कुँवरको विशेष अतिथिका रूपमा आतिथ्यता रहेको थियो  ।

 

 

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी कास्की आदर्श आईसिसि नेपालका वरिष्ठ उपाध्यक्ष ढकालले विश्व भरी छरियका कस्केलीको खोजी अभियान, सम्वृद्द जन्म थलो हाम्रो स्वाभिमान भन्न्ने नारा का साथ अगाडि बढिरहेको अन्तराष्ट्रिय समन्वय परिषद् मा युएईको राष्ट्रिय समितिको साथ, सहकार्य, ऐक्यवद्दता प्रति धन्यवाद प्रकट गर्दै समृद्द कास्की बनाउने हाम्रो अभियान, कस्केली मन नै एउटा आदर्श र कास्की एउटा आदर्श बादी बस्ने ठाउँ भयको कुरा राख्दै नाम मात्र होइन हामी एउटा मन भित्र आदर्श बोकेर हिंडेको र  हामीले गर्ने सेवा र हाम्रो मन आदर्श बनाउनु पर्छ भन्ने कुरा जनाउँदै, हामी कास्की का लागि मात्रै होइन हामी हरेक नेपाली को जिबन स्तर उकास्ने काम गर्नु पर्छ, हामीले घाऊ लागेको व्यक्ती लाई मलम लगाउन सक्नु पर्छ, विश्व का बिभिन्न ठाउँ मा रहेका कस्केलीहरु लाई समेट्ने गरी हामीले कास्की लगानी बोर्ड समिति बनायका छौ र आयोजना हरु सुरु गर्दै छौ जसमा सम्पूर्ण कस्केली हरुले लगानी गर्न पाउने छौ, बिदेसमा आयर दु:ख गरी कमाउने पैसा हामीले नेपालमै कमाउने बातावरण बनाउने छौ जसका लागी सम्पूर्ण ले हातेमालो गरी साथ दिनका लागी आग्रह गर्दै, परोपकरी कामको सुरुवात गरिरहेको, गत शैक्षिक सत्रमा शैक्षिक अक्षयकोष खडा गरि संचालक समिति बनायर कोष संकलन अभियान सुचारू गरेको कुरा राख्दै उक्त अभियान तथा कोरोना कहरका बखत अन्तराष्ट्रिय समन्वय परिषद्ले सुचारू गरेको मातृभुमि सहयोग अभियानमा हातेमालो गरेको स्मरण गर्दै धन्यवाद प्रकटका साथ हामी फर्कने घर गृहजिल्ला भयको हुँदा  कास्की एउटा यस्तो ठाउँ हो जहाँ बिभिन्न जात जाती भेष भुसा लैङिक तथा धार्मिक हिसाब ले एकै ठाउँमा हामी सबै मिलेर बसोबास गरिरहेका छौ र कास्की लाई समृद्द बनाउनका लागी हामी सबैको भुमिका रहनु पर्ने कुराको जोड दिदै अन्तराष्ट्रिय समन्वय परिषद् का कृयाशिल राष्ट्रिय समिति मध्येमा गत कार्यकालमा यस समिति प्रथम हुन सफल भयकोमा पुन बधाईका दिंदै भविष्यका सामाजिक कार्यहरूमा पनि साथ, सहयोग तथा सहकार्यका लागि अपिल गर्दै अब बन्ने नयाँ समितीमा जुझारू युवा समाजसेवि अभियन्ताहरू समावेश रहोस् भन्ने कामना  गरेका थिय ।

 

तेसै गरि समारोहमा  तनहुँ सेवा समाज युएईका अध्यक्ष सुदिप कार्की, लमजुङ सम्पर्क समिति युएईका अध्यक्ष बाबुराम साप्कोटा, पर्वत सेवा समाज युएईका अध्यक्ष कमल लामिछाने, सिन्धुली समाज युएईका अध्यक्ष मनोज नेपाल, आएमई युएईका ईश्वर अधिकारी, तमु प्ये ल्हु संघ युएईका कोषाध्यक्ष हर्क गुरूङ, कास्की आदर्श सल्लाहकारहरू एकेन्द्र बहादुर थापा, चन्द्रमोहन आचार्य एवं कास्की आदर्शका आजिवन सदस्य एवं युएईको नेपाली समुदायका सकृय खेलप्रेमि हिरालाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा समाजका, केन्द्रिय समिती, महिला समिति तथा क्षेत्रिय समितीका पदाधिकारीहरू, खेलाडीहरू, कलाकारहरूका साथै अन्य आजिवन सदस्यहरू तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

समारोहमा साँस्कृतिक समुहले कास्की जिल्लाको सास्कृतिक, धार्मिक तथा पर्यटकीय विषय वस्तु समेटेर समाजको चौथो कार्य समितीले तयार पारेको कास्की गान पनि प्रस्तुत गरेको थियो ।

समाजका अध्यक्ष  राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष शिव कुमार श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिय   ।

समारोहको उद्घघाटन कार्यक्रमको संचालन महासचिव शिवराज बस्ताकोटीले गरेका थिय ।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले वैदेशिक रोजगारीका क्रममा प्रवासमा रहँदा सामाजिक सँस्थाको महत्व र आवश्यकता बारेमा बोल्दै समाजले युएईमा कस्केलीहरूको उद्दार मात्रै नभइ समस्त नेपालीहरूको हक हित र भलाइमा खेलेको भुमिका प्रति खुलेर प्रशंसा गरेका थिय ।

कार्यक्रमको बिच बिचमा साँस्कृतिक समूहले साँस्कृतिक प्रस्तुती दिनुका साथै समाजका नयाँ आजिवन सदस्यहरु लाई आजिवन सदस्यता प्रमाणपत्र वितरण लगायत २०२०/०२२ कार्यकालमा समाजले आयोजना गरेको विशेष कार्यक्रम हरुमा महत्त्वपूर्ण योगदान पुर्यायका समाजका सदस्यहरु क्रमशः सुर्यनाथ लामिछने, विनोद के. सी., सागर श्रेष्ठ, शिव ढुंगाना, अर्जुन बसौला तथा मिलन कार्की लाइ उनिहरुको सामाजिक कार्य को उच्च मुल्यांकन गर्दै प्रसंशापत्र ले सम्मान गरिएको थियो भने युएईमा रहेर उच्च अंकका साथ १२ कक्षा उतिर्ण गरेकी छोरी करिना ढकाल लाई उज्वल भविस्यको कामना सहित सम्मानपत्रले सम्मान गरिनुका साथै समाजको हर गतिबिधीमा साथ र सहयोगको सम्मान स्वरूप सँस्थाका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की संचालक जि.बि. होलिडेज, शोभा शर्मा प्रबन्धक पिपल ट्राभल्स र विकास शाही संचालक सयपत्री ट्राभल्स तथा रेष्टुरेण्ट लाइ सम्मान पत्र र दोसल्लाले सम्मान पनि गरियको थियो ।

सँस्थाकी महिला उपाध्यक्ष शोभा शर्माले धन्यवाद ज्ञापन मन्तव्य राख्दै आफ्नो व्यस्तता बाबजुद पनि हाम्रो निमन्त्रणालाइ सहर्ष स्विकार गरि कार्यक्रममा उपस्थित जनाउनु हुने प्रमुख अतिथी, विशेष अतिथीहरू, अतिथिहरू तथा सम्पुर्णलाई  हार्दिक धन्यवाद तथा आभार प्रकट गरेकी थिइन् ।

उद्दघाटन सत्रका सभापति तथा सँस्थाका अध्यक्ष राजेश श्रेष्ठले आफ्नो व्यस्तताका बाबजुद पनि कार्यक्रममा हाम्रो निमन्त्रणा लाइ सहर्ष स्वीकारी उपस्थित जनाउनु हुने कतारबाट पाल्नु भयका प्रमुख अतिथी तथा स्थानिय विशेष अतिथीहरू, अतिथिहरू, सँस्थापकहरू तथा सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै उद्घघाटन सत्रको कार्यक्रम समाप्त भएको घोषणा गर्दै मौजुदा कार्यसमिती बिघटनका साथ बन्द सत्रमा प्रवेश तथा निर्वाचन प्रकृयका लागी निर्वाचन समितीका संयोजक मनोज कुमार सैंजु लाई हस्तान्तरण गरेका थिय ।

बन्दसत्रमा कोषाध्यक्ष विजय त्रिपाठीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिय । बिधान संसोधन प्रस्ताव बिधान संसोधन उपसमिति संयोजक केदार कुँवरले प्रस्तुत गरेका थिय।

समाजका महासचिव शिवराज बस्ताकोटीले प्रथम सत्रमा प्रस्तुत गरेको सामाजिक प्रतिवेदन र बन्द सत्रमा प्रस्तुत आर्थिक  प्रतिवेदन, तथा बिधान संसोधन प्रस्ताव उपस्थित सदस्यहरूले सर्व सम्मतिले पारित गरेका थिय, समाजले यस कार्यकाल २ वर्षको अबधीमा यूएईमा र गृह जिल्लामा गरि करिब बाह्र लाख रूपैंया बराबरको आर्थिक सहयोग तथा मानविय उद्दारका कामहरू गरेको थियो भने विभिन्न साँस्कृतिक कार्यक्रम, गत शैक्षिक सत्रबाट एसईई र १२ कक्षा उतिर्ण आजिवन सदस्यका छोराछोरीहरूलाई सम्मान तथा खेलकुद प्रतियोगिताको आयोजना गरि सफलताका साथ समापन गरेको थियो । बन्द सत्र समाजको सामाजिक प्रगति विवरण तथा आर्थिक प्रगति विवरण साथै समाजको आन्तरिक बिधानमा समय सापेक्ष संसोधन सहित पारित गर्दै सम्पन्न भयको थियो ।

 

बन्दसत्रको अन्तमा अध्यक्ष श्रेष्ठले २०२०-२०२२ को कार्यकाल सफल तुल्याउन तल्लिन रहि महत्वपुर्ण भुमिका निर्वाह खेलेका कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलार्इ धन्यवाद ज्ञापन गर्दै वर्तमान कार्यसमितीले छुटायका कामहरू प्रति अब बन्ने कार्यसमितीको ध्यान जाने विश्वासका साथ उपस्थित सदस्य हरूलाइ सँस्थाको महत्वका बारेमा ज्ञात, योग्य र सबल तथा सक्षम नेतृत्व चयन गर्नका लागी आग्रह गर्नुका साथै उक्त समारोह सफल तुल्याउनका लागि योगदान दियका समस्त महानुभावहरू तथा उपस्थित सम्पुर्ण अतिथी गणहरू प्रति हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गर्दै अब बन्ने कार्य समिती ले जुझारू टिमको चयन गर्ने कुरा प्रति आफु विश्वस्त रहेको कुरा व्यक्त गरेका थिय ।

निर्वाचन समिति सदस्य गुप्तशेखर पौडेल द्दारा संचालित निर्वाचन कार्यक्रमबाट नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरूलाई निर्वाचन समिति संयोजक सैंजुले सपथ ग्रहण गराय सँगै नवनिर्वाचित कार्य समितीलाई बधाई तथा सफल कार्यकालका लागी उपस्थित अतिथीहरू बाट शुभकामना मन्तव्य सँगै समारोह समापनको अन्त्यमा निर्वाचन संयोजकले  २०२२-२०२४ को समितीले लामो समय देखि मध्य पुर्वमा कार्यरत रहेका सामाजिक व्यक्तिहरूको बाहुल्यता रहेको हुनाले पक्कै पनि सँस्थाको गरिमालाई अरू उचाइमा पुर्याउने कुरा व्यक्त गर्दै, सामाजिक कार्यमा आदर्श भन्ने जस्तो नाम उस्तै काम गर्न सफल रहोस् भनी निवर्तमान कार्यसमितीका अध्यक्ष लगायत सबै टिमहरूको कार्यकाल अत्यन्त सफलता पुर्वक सम्पन्न भयको कुरा बताउँदै हार्दिक धन्यवाद ज्ञापन प्रकट गर्दै नयाँ कार्य समितीको सफल कार्यकालका लागी शुभकामना व्यक्त  गरेका थिय ।