कास्की । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । काठमाडौं–४ बाट थापा फराकिलो मतान्तरका साथ नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै विजयी भएका हुन् ।भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।
अहिले थापा कांग्रेस महामन्त्री छन् ।