पाेखरा।११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माछापुच्छ्रे गाउँपालिका कास्कीमा महिला हिंसा बिरुद्धकाे सचेतना मुलक कार्यक्रम शुक्रबार देखि सुरु भएको छ।लैङ्गिक समानताको बलियो आधार ,सृजनात्मक प्रबिधिमा महिला पहुँचकाे विस्तार भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमकाे उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले महिला भएकै कारणले गरिने हिंसा र दुर्व्यवहार बिरुद्ध सबैले आवाज उठाउनु पर्ने बताउनुभयो ।नेपालको संबिधानले प्रत्याभूत गरेको समानताको हक प्रचलन गराउन माैलिक हक सम्बन्धि कानुन भएता पनि महिला माथि हुने हिंसा न्युनीकरण हुन नसक्नु दुखद कुरा भएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।माछापुच्छ्रे गाउँपालिकाले महिलाकाे लागि सिपमुलक तालिमका साथै बिभिन्न क्षमता अभिवृद्धिका कार्यक्रमहरु समेत संचालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बाेल्दै माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेश आचार्यले महिला हिंसा बिरुद्ध दिवसका अवसरमा मात्र नभई ३६५ दिन यस्ता अभियान संचालन गर्न आबश्यक रहेको बताउनुभयो ।
महिलाको आर्थिक ,सामाजिक शसक्तिकरणका लागि वडा कार्यलय सधैं तयार रहेको उहाँको भनाइ थियाे।
कार्यक्रमका प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले नेपालकाे संबिधान २०७२मा ,कुनै पनि महिला विरुद्ध शारीरिक ,मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानुन द्वारा दण्डनिय हुनेछ भन्ने व्यवस्था रहेको जानकारी गराउनुभयाे।
उहाँले लैङ्गिकता र लैङ्गिकतामा आधारित हिंसा,महिला माथि हुने हिंसा विरुद्ध कानुनी व्यवस्था लगायतको विषयमा सहजिकरण गर्नुभएको थियाे।
वडा स्तरिय महिला संजाल माछापुच्छ्रे २ ले आयोजना गरेको कार्यक्रममा बिभिन्न आमा समुहमा आबद्ध ९५ जना महिलाको सहभागीता रहेको थियाे।
वडा स्तरिय महिला संजाल माछापुच्छ्रे २ का अध्यक्ष युनिशा तामाङकाे अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दुर्गा आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियाे भने कार्यक्रमकाे संचालन सचिब सीता आचार्यले गर्नु भएकोथियाे।