Home ब्रेकिङ्ग न्युज माउन्ट अन्नपूर्ण मा. वि.का कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

माउन्ट अन्नपूर्ण मा. वि.का कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

0
माउन्ट अन्नपूर्ण मा. वि.का कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

पोखरा  । पोखरा   – ३ नदीपुर भिसि मार्गस्थित माउन्ट अन्नपूर्ण मा.वि.का होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्ट विषय लिएर कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयले चैत्र २५ गते होटल कृष्टल महल लेकसाइडमा एक भव्य समारोहका बिच बिदाई कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष  चिनकाजी गुरुङले होटल म्यानेजमेन्ट एक व्यवहारिक विषय भएकोले यसैको जगमा उभिएर विद्यार्थीहरुले आगामी दिनमा केवल प्रमाणपत्र हासिल गर्नका लागि मात्र नभएर स्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नु पर्ने सुझाव दिनुभयो।

यसै गरि विद्यालयका शैक्षिक निर्देशक अशोक श्रेष्ठले आजको समय निकै प्रतिस्पर्धात्मक भएकोले आफूलाई अध्ययनशील बनाउनका साथै भविष्यमा घरपरिवार,समाज र राष्ट्रकै जिम्मेवारी बोक्नसक्ने अब्बल नागरिकको रूपमा  विद्यार्थीहरुलाई  भेट्न सकिओस भन्ने चाहाना व्यक्त गर्नुभयो।

कार्यक्रममा कक्षा ११,१२का संयोजक कृष्ण लम्सालले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

कार्यक्रममा विद्यालय संस्थापक एवम शिक्षक, शिक्षिकाले विदाई भएर जान लागेका विद्यार्थीहरुलाई  मायाको चिनो प्रदान गर्दै नजिकिदै गरेको कक्षा २२को परीक्षामा पूर्ण सफलताको शुभाशिष पनि प्रदान गर्नुभयो ।

कक्षा ११ र १२मा अध्ययरत विद्यार्थीहरु प्रथम श्रेष्ठ,क्यारोल गुरुङ र सुजन आचार्यद्वारा सञचालित उक्त कार्यक्रममा कक्षा १२का विद्यार्थी दिपेश आलेमगरद्वारा साथी शीर्षकमा कवितात्मक शैलीमा अभिव्यक्त बिचारले सभालाई भावुक तुल्याएको थियो।

कक्षा ११,१२ का विद्यार्थीहरुद्वारा निकै आकर्षक सास्कृतिक तथा साङ्गीतिक प्रस्तुतिले कार्यक्रम मा थप रौनकता पनि थपेको थियो।