पोखराकाे माउन्ट अन्नपूर्णमा खेलकुद प्रतियोगिता सम्पन्न

0
17

पाेखरा ।  पोखरा नदीपुर स्थित यस क्षेत्रकै पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्ण मा. वि.मा कक्षा ११ र १२का विद्यार्थीबिच  तीन दिन सम्म स‌ञ्चालन भएकाे खेलकुद प्रतियाेगिता  सम्पन्न भएको छ।

छात्र छात्राबिच भएकाे भलिबल तथा बास्केटबल प्रतियोगितामा   छात्र भलिबलतर्फ कुल ६ टिमको सहभागिता थियो भने छात्रा तर्फ ५ समुहको सहभागिता रह्यो।

छात्र भलिबल तर्फ निशान मल्लको समूह प्रथम तथा अङ्कित गर्बुजाको समूहले द्वित्तीय स्थान हासिल गरेको थियो।यसै गरी छात्रा भलिबल तर्फ भूमिका गुरुङको समूह प्रथम र रक्षा तिलिजाको समूहले द्वित्तीय स्थान हासिल गरेको थियो।

 

छात्र बास्केटबल तर्फ सुरज नेवाङको समूह प्रथम र छात्रा बास्केटबल तर्फ एड्रिना गुरुङको समूहले प्रथम स्थान हासिल गरेको थियो।

सो अवसरमा प्रमुख अतिथिको तर्फबाट नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले विद्यालयमा हुने यस्ता प्रतियोगिताहरुले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका साथै खेलकुदको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन सकिने विषयको उठान गर्नुभयो ।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, शैक्षिक निर्देशक अशोक शाही, विद्यालयका प्रशासक चित्र गुरुङले खेलकुदबाट अनुशासन, सामुहिक सहकार्य, स्वास्थ्य जीवनशैलीमा मद्दत पुग्ने बिचार व्यक्त गर्नुभयो।

विद्यालयका गेम्स तथा स्पोर्ट अध्यक्ष सृष्टि थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  क्लबका उपाध्यक्ष एड्रिना गुरुङले स्वागत मन्तब्य गर्नुभयो भने कार्यक्रम क्लबका सचिव सिजन नेपालीले सञ्चालन गर्नुभयो।