तेश्राे त्रैमासिक सम्मकाे समग्र मुल्यांकन नतिजामा जिल्ला प्रशासन कार्यलय कास्की प्रथम

0
30

 

 

कास्की ।जिल्ला प्रशासन कार्यलयहरुकाे आर्थिक बर्ष २०८१/०८२ काे तेश्राे त्रैमासिक सम्मकाे समग्र मुल्यांकन नतिजामा जिल्ला प्रशासन कार्यलय कास्की प्रथम भएको छ।

गृहमन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्षकाे पहिलो त्रैमासिकमा छैठौं स्थानमा रहेको कास्की दाेस्राे त्रैमासिकमा चाैथाें स्थानमा पर्न सफल भएको थियाे।

आर्थिक बर्ष २०८०/०८१ काे चाैथाें त्रैमासिककाे अन्त्यतिर जिल्ला प्रशासन कार्यलय कास्कीको प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी सम्हाल्नुभएका सहसचिव भरतमणि पाण्डेले उत्कृष्ट कार्यसम्पादन गरी आफ्नो कार्यकालकाे अन्त्यमा जिल्ला प्रशासन कार्यलय कास्कीलाई पहिलाे नम्बरमा पार्न सफल हुनुभएको हाे ।