नांगिएर साइकलमा सरर (फोटोफिचर)

0
927

साइकल सुरक्षाका विषयमा जनचेतना जगाउने उद्धेश्यले विश्वभर  वल्र्ड नेकेड बाइक राइड डे मनाइयो ।

यो पटकको १५ औँ निर्वस्त्र साइकल दौड दिवसमा विश्वका विभिन्न सहरहरुमा हजारौँ साइकलप्रेमीहरु निर्वस्त्र भएर साइकल दौडाए ।

बेलायतको लण्डनका विभिन्न ठाउँमा सयौँ साइकलयात्रीहरु निर्वस्त्र साइकल यात्रामा निस्किए ।

वृद्धवृद्धा देखि तरुनी तन्नेरीहरु सबै निर्वस्त्र भएर साइकल यात्रामा अघि बढिरहेका थिए । कतिपयले साइकलयात्रीले भोग्नुपर्ने जोखिम र सुरक्षाका विषयमा जनचेतनामूलक भनाईहरु आफ्नो नांगे ढाडमा पेन्ट गरेका थिए ।

अमेरिकाको शिकागो लगायतका सहरमा पनि हजारौँ साइकलयात्रीहरु निर्वस्त्र साइकल दौडमा सहभागी भए ।

त्यस्तै क्यानडाको टोरोन्टोस्थित कोरोनेसन पार्क पनि निर्वस्त्र साइकलयात्रीले ढाकिएको थियो ।

साइकलयात्रीको सुरक्षा, वातावरणमैत्री साइकलको प्रवद्र्धन तथा प्रदुषक सवारी साधनप्रतिको मोह घटाउने जनचेतना अभिवृद्धिका लागि हरेक वर्ष स्वतःस्फूर्त रुपमा विश्वभर निर्वस्त्र साइकल दौडको आयोजना गर्ने गरिएको छ ।

हेरौँ यो पटकको निर्वस्त्र साइकल दौडका केही रोचक दृश्यहरुः