कांग्रेस केन्द्रिय समितिको बैठक स्थगित ,बेलुका ६ बजे फेरि सुरु हुने

0
755

काठमाडौं । कांग्रेस केन्द्रिय समितिको बैठक स्थगित भएको छ । केन्द्रिय समिति बैठकमा बोल्नेक्रममा केन्द्रिय सदस्यहरुले बुधवार शीर्ष नेताहरु विच भएको सहमति मान्न नसकिने धारणा राखेपछि बैठक स्थगित भएको हो ।

बिहीवार भएको बैठकमा कांग्रेस केन्द्रिय सदस्य मिन विश्वकर्मा, बीरबहादुर बलायर लगायतले समावेशीताको आधारमा  मनोनित हुनुपर्ने भन्दै शीर्ष नेता विचको सहमति मान्न नसकिने धारणा राखेका थिए । उनीहरु देउवा निकट मानिन्छन् ।

आज बेलुका ६ बजे फेरि बैठक सुरु हुने भएको छ ।

लामो रस्साकस्सीपछि बुधवार बेलुका कांग्रेसमा आठ जना पदाधिकारी रहने सहमति भएको थियो । हिजोको सहमति अनुसार एक जना सभापति दुई दुई जनाको दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक आठ जना पदाधिकारी राख्ने सहमति भएको थियो ।