नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सहिदको जगमा उभिएको काँग्रेस कहिल्यै नमासिने बताएका छन । सहिद हरि प्रसाद स्मृति प्रतिष्ठानले पोखराको हरिचोकमा आयोजना गरेको सहिद हरि प्रसाद गुरुङको ५७ औं स्मृति दिवसमा बोल्दै उनले सो कुरा बताएका हुन । नेपाली काँग्रेसलाई राणाले काट्दा मासिएन,राजाले काट्दा मासिएन,माओबादीले काट्दा मासिएन प्रबत्ता शर्माले भने , आज नेकपाले यदि नेपाली काँग्रेसलाई काट्ने प्रयास गर्यो भने त्यो दुस्साहास हुनेछ । काँग्रेस माथिबाट काँटे जराबाट पलाउछ , जराबाट काँटे हाँगाबाट पलाँउछ, भन्दै प्रबत्ता शर्माले भने सहिदको रगत र आर्शिबादमा अडिएको काँग्रेसलाई कसैले हच्काउन सक्दैँन । बर्तमान केपी ओली सरकार हिटलर शैलीमा जान लागेको प्रति संकेत गर्दे प्रबत्ता शर्माले भने, हिटलर संग पनि बहुमत थियो नेकपा सग पनि बहुमत छ । बहुमतलाई बिबेकले सिर्गाने काम गर्न सकीएन भने जनताको नजरबाट खस्न समय लाग्दैन उनले भने । बर्तमान ओली सरकारले बिबेक गुमाउदै गएको उनको भनाई थियो । सहिद हरि प्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष रुद्र बहादुर गुरुङको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पुर्व सभापति एवम कानुन मन्त्री यज्ञ बहादुर थापा, जिल्ला सभापति कृष्ण केसी, कास्की काँग्रेसका नेता शोभियत बहादुर अधिकारी, नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, प्रतिष्ठानका सचिव टिका बहादुर बहादुर गुरुङ, आश बहादुर गुरुङ लगायतले वीर सहिद हरि प्रसाद गुरुङ जस्ता सहिदहरुको बलिदानले गर्दा नै तमाम नेपाली जनताले स्वतन्त्रताका साथ आफ्नो अधिकार प्राप्त गर्न सकेको भन्दै सहिदहरुको सपनाहरुलाई सकार पार्न सबै अघि बढनु पर्नैमा जोड दिएका थिए । प्रजातन्त्रको निम्ति निडर रहि संघर्षरत अबस्थामा आजैको दिनमा गुरुङलाई खाल्टोमा पुरिएको सहिद परिवारका सदस्य संचारकर्मी सम्राट गुरुङ्गले पोखरा पोष्टलाई जानकारी दिए ।