काङ्ग्रेस कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन चैत्र २८ र २९ गते पोखरामा

0
1215

 

पोखरा,  नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैत २८ र २९ गते पोखरामा हुने भएको छ ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिन सम्मेलनले योगदान दिने बताउनुभयो ।

सम्मेलनले पार्टीको गुट उपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिने तथा सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो ।कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने बताउनुभयो ।   ।े सम्मेलनले बिभिन्न बिषयमा छलफल गरी पोखरा घोषणापत्र जारी  सकिने बताइएको छ ।  सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने जनाइएको छ ।