महिलाका लागि उदघोषण तालिम

0
864

भवानी अधिकारी  स्याङ्जा ।  प्ुतलीबजार नगरपालिका वडा नं. १० को आयोजनामा वडाका महिलाहरुका लागि ३ दिने उदघोषण तालिम बुधवारदेखि राङ्खोला बजारमा सुरु गरिएको छ ।
तालिमको उदघाटन गर्दै वडा अध्यक्ष दुर्गबहादुर शाहले उदघोषण कलाका माध्यमबाट मानव जीवनमा ठूलो परिवर्तन गर्न सकिने बताउदै यस्ता प्रशिक्षणको सहिसदुपयोग गर्दै अघि बढ्न सहभागीहरुलाई आग्रह गर्नुभयो । महिलाहरुको क्षमता विकास गर्न सकेमात्र वडाको विकास सम्भव हुने बताउदै अध्यक्ष शाहले क्षमता अभिबृद्धिका लागि वडाले यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनेमा जोड दिनुभयो ।


कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, वडा सदस्यहरु सुरजकुमार अधिकारी, लीलबहादुर थापा र तीलकुमारी सार्की, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, प्रशिक्षक सरिता निमिल्सिना, नेकपा वडा संयोजक डिलबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरजंग शाह, सुन्तला सुपरजोन परियोजनाका सचिव मुक्ति अधिकारी, समाजसेवी काजीमान श्रेष्ठ, एकल महिला संजालका अध्यक्ष शुभद्रा अर्याल, सेवा निबृत्त समूहका सचिव  अग्नीप्रसाद पौडेल, टोल विकास संस्थाका अध्यक्ष निर्मल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै तालिमको सहि सदुपयोग गर्दै वडा लगायत समग्र जिल्लाकोे विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
महिला संजालका संयोजक देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजपरिचालिका सुमित्रा तिमिल्सिनाले गर्नुभएको थियो । तालिममा वडाका २२ वटै टोल विकास संस्थाका ७५ जना पदाधिकारी लगायत सदस्यहरुको सहभागिता छ ।