हावाहुरी र असिनापीडितको सहयोगमा जुट्न अपिल

0
611
af/fsf] km]6f ufpkflnsf l:yt cfOtaf/ ;+fem cfPsf] x'/Ldf k/L @& hgfsf] d[To' / ;of}F 3fOt] ePsf 5g . t:jL/ M laho s'df/ dxtf]÷ k;f{ ÷/f;;

 

काठमाडौँ, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले प्रदेश नं २ को बारा, पर्सा र अन्य जिल्लामा अचानक आएको भीषण विनाशकारी हावाहुरी र असिनापीडितको मानवीय सहयोगमा जुट्न सरकार, राजनीतिक दल, सरोकारवाला निकाय र सामाजिक सङ्घ सङ्गठनसँग अपिल गरेको छ ।

आइतबार बेलुका प्रदेश नं २ को बारा, पर्सा र अन्य जिल्लामा हावाहुरी र असिनाबाट २७ बढीको निधन हुनुका साथै ७०० बढी घाइते भएको बताउँदै प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले त्यहाँका घर, टहरा भत्किएको र खाद्य वस्तु नष्ट भएकाले त्यस क्षेत्रका नागरिक विचल्लीमा परेको उल्लेख गर्नुभएको छ । उहाँले विपत्का समयमा सिङ्गो मुलुक एक ढिक्का भएर उद्धार, राहत, उपचार र मानवीय सहयोगमा जुट्न आग्रह गर्नुभयो ।–